क्षेत्रीलाई आभार तथा बधाई ज्ञापन गर्दै मिशन नेपाल केन्द्रीय कार्यालय

  • ख-
  • ख+

आरजु पौडेल । काठमाण्डौ । तनहूँ जिल्ला व्यास नगरपालिका वडा नं. १० की घर भई हाल काठमाण्डौ बस्नुहुने अन्जु जी. क्षेत्रीलाई मिशन नेपाल केन्द्रीय कार्यालयले आभार प्रकट गर्दै धन्यवाद तथा शुभकामना दिदै विज्ञप्ति निकालेको छ । सामाजिक कार्यमा बिशेष रुचि राख्ने क्षेत्रीले महाशिवरात्रीको पावन अवसरमा भक्तजनहरुलाई पानीको व्यवस्था गरेको, कोरोना महामारीको समयमा सहयोग गरेको र सामाजिक कार्यहरुमा दत्तचित्त भई लागेर आफ्नो तथा संस्थाको नाम फैलाएकोमा मिशन नेपाल केन्द्रिय कार्यालयले आभार प्रकट गर्दै धन्यवाद दिएको उक्त विज्ञप्तिमा जनाईएको छ ।

विज्ञप्ति

समाजसेवी , मनकी धनी, सालिन व्यक्तित्व युवा नेतृत्व मिशन नेपालका केन्द्रीय सदस्य तथा तनहूँकी अध्यक्ष अन्जु जी. क्षेत्रीज्यूबाट महाशिवरात्रीको पावन अवसरमा भक्तजनहरुको लागि पानीको व्यवस्था गर्नुभएको थियो साथै वहाँले कोरोना महामारीको समयमा १ सय ६२ घर परिवारलाई खाद्यान्न ,लत्ताकपडा सहयोग उपलब्ध गराउनु भएको थियो । वहाँले समय समयमा दिनदुखी, असहाय, गरिव, दिनदुखी आर्थिक सहयोग, खाद्यान्न सहयोग गरिरहनुभएको छ । वहाँले संस्थाको नाम उच्च राख्दै गरेको सामाजिक कार्यको उच्च मुल्यांकन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिशन नेपाल परिवार तथा मिशन नेपाल केन्द्रीय कार्य समिति वहाँप्रति उच्च सम्मान प्रकट गर्दै अन्जु जी क्षेत्रीमा हार्दिक आभार प्रकट धन्यवाद दिदै आगामी दिन अझ सामाजिक कार्यमा मन लागोस् भन्दै हार्दिक शुभकामना व्यक्त गर्दर्छौ ।

जय जननी। जय मातृभूमि नेपाल ।
मिशन नेपाल केन्द्रीय कार्यालय काठमाडौ नेपाल

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?