व्यास नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

  • ख-
  • ख+

तनहूँ / व्यास नगरपालिकाले आर्थिक बर्ष २०७७, ७८को दोस्रो चौमासिक अन्तरगतको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।
लगभग ३०० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले प्रमुख जवाफदेहिता वहन गर्दै नगरवासीका जिज्ञासा ,गुनासो तथा मागहरूलाई सम्वोधन गर्दै सवालका जवाफ दिनुभएको थियो । २ दर्जनभन्दा बढी साझा सवालहरू राख्दै नगरवासीले जवाफदेही डेक्समा रहेका जनप्रतिनिधि तथा कर्मचारीहरूलाई सवाल राख्नुभएको थियो ।
जनताले भौतिक योजना, आन्तरिक सुशासन ,स्थानीय सरकार क्षतिपूर्ति ,खोला नालाको अवस्था , सार्वजनिक सम्पत्तिको अवस्था लगाएतका विषयमा नगरपालिका प्रति जिज्ञासा र गुनासोरूपी सवालहरू राख्नुभएको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रम मार्फत प्रमुख जवाफदेहीकर्ता नगरप्रमुख वैकुण्ठ न्यौपाने,प्रमुख डेक्समा रहनुभएका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, शिक्षा तथा सामाजिक शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मी ,आन्तरिक लेखा परीक्षक शाखा प्रमुख कुमारकञ्चन जिसी,आर्थिक पूर्वाधार विकास शाखा प्रमुख राजेन्द्र कार्की, शहरी पुर्वाधार तथा प्रविधिक शाखा प्रमुख डा. राजु पौडेल, स्वास्थ्य तथा जनसंख्या शाखा प्रमुख प्रमोद सोती वडा न १, १२, १३,र १४ नम्बर वडाका वडाअध्यक्षहरूलाई नगरवासीले विषयगत सवाल गर्दै सेवा प्रदायक संस्था नगरपालिकालाई सेवाग्राहीका माग र आवश्यकताका आधारमा प्रश्न राख्नुभएको थियो । सवाललाई तथ्यगत तथा वस्तुनिष्ठ पाराले जवाफ दिदै व्यास नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद १० दफा ७८(५) वमोजिम पारदर्शिता तथा आन्तरिक सुशासनको मर्मलाई व्यवहारिक कार्यन्वयन गरेको छ।
जिल्लाका महिला पत्रकारहरूको साझा फोरम तथा संस्था महिला सशक्तीकरण सञ्चार समाज तनहूँले सहजीकरण संस्थाको रूपमा नगरपालिकासँग सम्झौता गरि यसको सम्पूर्ण सहजीकरण तथा व्यवस्थापन गरेको थियो। सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजकर्ता संस्थाकी अध्यक्ष प्रकृति खनाले गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा उपस्थित नगरवासीलाई स्वागत भने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले गर्नुभएको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रमका आचार संहिता वारे संस्था कि उपाध्यक्ष विमला दवाडीले प्रष्ट पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन सहजीकरण संस्थाकि सचिब अञ्जु दाहालले गर्नुभएको थियो ।

विशेषगरी व्यास नगरक्षेत्रका वडा नं. १, वडा नं. १२,वडा नं. १३, वडा नं. १४ का नागरिकहरूलाई आधार मानी सोही क्षेत्र छाब्दीवाराही मन्दिर परिसर वाराही मन्दिर विकास कोशको भवनमा उक्त सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको थियो।
नगरपालिकाले प्रथम चौमासिकको सार्वजनिक सुनुवाई पहिलेनै गरिसकेको र यो दोस्रो चौमासिक रहेको व्यास नगरपालिकाले जानकारी दिएको छ।नगरपालिकाले तेस्रो चौमासिकको कार्यक्रम कलेस्ती क्षेत्रमा गर्ने समेत जानकारी दिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?