गृहजिल्लामै अवरोध झेल्दै रामचन्द्र पौडेल

  • ख-
  • ख+

कम्युनिष्ट सांसद रामबहादुर गुरुगंले ”मैले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गाउँ जाने खोलामा २ वटा पक्कि पुल हालिदिएको छु अब उहाँ आफ्नो गाउँ आउदा खोलामा जुत्ता खोल्नु पर्दैन ” भन्दै पुल सिलन्यासको दिनमा भाषण गरेको सुन्नुपर्थेन होला ? ”सारै मन पोल्यो सांसदले त्यसो भनेको सुन्दा ” भनेर बाहुनपोखरावासीले अमिलो मन पार्नु पर्दैनथ्यो होला ?

पुर्णिमाको उज्यालो रातमा आकाशमा चन्द्रमा हेर्दा चन्द्रमामा पनि दाग देख्छौ र टक्क एक पटक रोकिएर सोच्दछौ चन्द्रमामा पनि दाग ? नेपाली राजनीतिका नैतिकवान नेतामध्येमा गनिने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका बारेमा पनि मान्छेहरु मुख खोलेर बोल्न नसके पनि खासखुस कुरा काट्ने गर्छन् । बोहोराटारतिरको आलिशान घर र रोपनीका रोपनी जग्गा, बेलायत र दिल्लीमा छ रे भनिएको फ्याल्टतिर औला ठड्याउने गर्छन् र ओठ लेप्र्याउदै भन्ने गर्छन् के गर्ने बेलामा राजनीति गर्नुपर्ने रहेछ ! जस्ले जे भनेपनि स्यांङ्गजाका तत्कालिन सांसद शंकर पाण्डेले जस्तै जनताले चप्पल लगाउन नपाएसम्म म पनि चप्पल लगादिन नभनेपनि जनताको लागि लडेका, जेननेल भोगेका, नैतिकताका हिसाबमा रामचन्द्र पौडेल अरु नेताहरुभन्दा धेरै अगाडि भएको कुरामा कसैको मनमा पनि शंका रहेको छैन तर अहिलेको भौतिकवादी संसार अनि मासु, भात रक्सि र पैसासग कार्यकर्ता किन्नुपर्ने जमानामा मुखमा नैतिकताका शब्दहरु झुण्ड्याएर मात्र नहुने रहेछ जनताले फिल्डमा कति काम भएको भनेर हेर्ने रहेछन् भन्ने गतिलो उदाहरण दिनुपरे पनि रामचन्द्र पौडेलकै दिनुपर्दछ नेपालभरमा ।
सरकारको बजेट नेपाली जनताले तिरेको करबाट बाँडिने भएपनि उहाँको पहलमा बनेका सडकमा नहिड्ने र उहाँकै पहलमा बनेका धारोको पानी नपिउने मानिस खासै छैनन् होला तनहूँमा ? वहाँकै पहलमा बनेका स्कुलमा पढाउने शिक्षक, हुन् वा कर्मचारी मनदेखि उहाँको सर्मथक वा उहाँको गुटका मान्छे पनि बनेका छैनन् तनहूँमा । तनहूँ जिल्लाका निर्विकल्प नेताका रुपमा उदाउनु पर्नेमा उहाँले जिल्लामा ध्यान दिन नसक्दा आफ्नै सहयात्री, आफ्नै सहयोद्धाहरु र आफन्तहरुको राम्रो साथ नपाएको कुरा घाम जत्तिकै छर्लगं छ । किन साथ दिदैनन् त उहाँलाई भनेर बिश्लेषण गर्दा प्रजातन्त्रको दुगुर्ण भनेकै यहि रहेछ कार्यकर्ता तथा जिल्लास्तरिय हुन् वा केन्द्रिय नेता हुन् जस्लाई जे कुरा पनि हाताहाती चाहिने रहेछ । उहाँबाट हाताहाति प्राप्त गर्ने तनहूँमा २,४ जना टाठाबाठा मात्र भेटिन्छन् त्यसमा नै चुकेको देखिन्छ उहाँ । ”एय ! पौडेलदाईले त हामीले भनेको केहि पनि नसुन्ने ? केहि नमान्ने ? फलानो फलानोकोे मात्र सुन्ने ? फेरि ति पौडेलदाईका मान्छे भनाउदाँहरु अरुलाई गन्दै नगन्ने यस्तै हो भने कति बस्ने पौडेलदाई भनेर ? ” भन्ने गाउँले, सगोत्रि, नेता तथा कार्यकर्ताहरु उहाँको साथ छोडेर आफ्नो दुनो सोझ्याउन लाखापाखा लागिसकेका छन् ।
सांसद, मन्त्री, सभामुख, उपप्रधानमन्त्री अविछिन्न रुपमा २ दशकभन्दा बढि सत्ताको वरिपरि रहदा पनि जिल्लामा खासै नियमित बिकास निर्माणभन्दा विशेष पहल गर्न नै सक्नुभएको छैन उहाँले । आफ्नो जन्मथलो (व्यास ८ रिस्ति, बाहुनपोखरा) मा एउटा पक्कि पुल हालिदिएको भए कम्युनिष्ट सांसद रामबहादुर गुरुगंले ”मैले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गाउँ जाने खोलामा २ वटा पक्कि पुल हालिदिएको छु अब उहाँ आफ्नो गाउँ आउदा खोलामा जुत्ता खोल्नु पर्दैन ” भन्दै पुल सिलन्यासको दिनमा भाषण गरेको सुन्नुपर्थेन होला ? ”सारै मन पोल्यो सांसदले त्यसो भनेको सुन्दा ” भनेर बाहुनपोखरावासीले अमिलो मन पार्नु पर्दैनथ्यो होला ? यी र यस्ता समस्यातिर कहिल्यै ध्यान दिएको पाईएन उहाँले ?
बिकास निर्माण त कहिले माओवादी जनयुद्ध, कहिले संविधानको टन टन, कहिले के कहिले के भन्दै गर्न पाईएन होला तर जिल्लाका नेता तथा कार्यकर्ता संरक्षण गर्न नसक्नु नै जिल्लामा रामचन्द्र पौडेलको लागि अर्को ठुलो अभिसाप बन्न पुगेको छ तनहूँमा । आफु जस्तै शक्तिशाली, आफुभन्दा चतुर राजनीतिज्ञ नेपाली कांग्रेसकाममा पूर्व सह महामन्त्री गोविन्दराज जोशीलाई सम्हाल्न नसक्नु त उहाँको ठुलो भुल थियो भन्ने कुरा अघिल्लो निर्वाचनमा प्रमाणित भईसकेको छ, कम्युनिष्टहरुको गढ तनहूँँ जिल्ला तत्कालिन क्षेत्र नंं ३ बाट विजयी अमरराज कैनीलाई पुन सांसदको टिकट नदिएदेखि नै ” ल है ! पौडेलदाईको त भर छैन ” भन्ने शंकाले सधै डेरा जमाईरहेको छ तनहूँ कांग्रेसका स्थानिय नेताहरुमा । त्यसगरि उदाँउदै गरेका तनहूँका युवा नेताहरुलाई ढाडस दिएर ” ल बाबु हो म छु भन मैले के गर्नुपर्छ ?” पौडेलले भनेको कहिल्यै सुन्न र देख्न पाईएन भन्नेहरु गल्ली गल्लीमा भेटिन्छन् त्यसैले त होला प्रतिभावान धुर्व वाग्लेलाई शेरबहादुर गुटमा जानुपरेको ? शंकर भण्डारी खुमबहादुरको गुटमा लागिकन पौडेल गुटमा लागेकोे भए शायद अहिले पूर्वमन्त्री भन्न त पर जावोस् पूर्व सांसद भन्न पाईने थिएन होला ? गोविन्द भट्टराई शेरबहादुर गुटमा नगएको भए कहाँ उहाँको भागमा अन्तराष्ट्रिय विभाग पर्थो होला र ? सगोत्रिय प्रदिप पौडेल युवाहरु माँझ चल्ताफिर्ता बन्नुमा पनि पौडेलको भन्दा अरुकै हात रहेको कुरा र पुर्ण गुरुगं तरुणको गण्डकी प्रदेशको नेता बन्नुमा पनि रामचन्द्र पौडेलको खासै योगदान देख्दैनन् पौडेल निकट कै मान्छेहरु ।” जिल्लामा २,४ जना बन्नु बाहेक अरु कसैलाई बन्नाएकै छैनन् ” भन्दै छाति पिटेर भन्नेहरुको कमि छैन दमौलीका चिया पसलतिर ।
जिल्लामा खासै बिकास निर्माण नगरेको, कार्यकर्ताको संरक्षण नगरेको, आफ्नै सहकर्मी गोविन्दराज जोशीमाथि वैरभाव राखिरहेको, जिल्लाका एकसे एक केन्द्रिय पहिचान बनाएका युवा नेताहरुलाई कहिल्यै सहयोग नगरेको, जिल्लामा एकपक्षिय रुपमा आफ्नो गुटको निर्णय मात्र लाद्न प्रेरित गरेको लगायतका आरोपले जिल्लामा आफ्नो अस्तित्व जोगाईराख्न गारो परिररहेको देखिन्छ उहाँका गुटका मानिसहरुलाई ।
जिल्लामा मौखिकरुपमा कसैले पनि वरिष्ठ नेता पौडेलको विरोध गर्न नसके पनि उहाँलाई साथ दिने मान्छेको अभाव खट्किरहेको छ, भित्रभित्र कसरी पौडेलदाईलाई कमजोर बनाउन सकिन्छ भनेर तनहूँमा धेरैजना लागिपरिरहेको पनि घाम जत्तिकै छर्लगं छ फरक यत्ति हो कोहि अर्को गुटमा गएर लागिरहनुभएको छ कोहि उहाँकै गुटमा बसेर लागिरहनुभएको छ । यतिबेला उहाँले सुझबुझ पूर्ण निर्णय लिएर गोविन्दराज जोशी, शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदिप पौडेल देखि धुर्व वाग्लेसम्मलाई एकैठाउँमा ल्याउनुभयो भने जिल्लामा राम्रै स्थिति होला नत्र एउटा नैतिकवान नेता जस्लाई जिल्लावासीले राम्रोसग साथ दिएनन् त्यो पनि आफ्नै कारणले भनेर नेपाली कांग्रेसको ईतिहासमा सदा सर्वदा लेखिनेछ । कार्यकर्ता तथा कांग्रेस शुभचिन्तकका मनमा कुसमुकुस रहेका भावनाहरुको उत्तर नपाएसम्म महाधिवेशनमा जिल्लाबाटै दरो साथ र सहयोगको अभाव खट्किरहनेछ । आफ्नै गृहजिल्लामा अनुत्तरित प्रश्नहरुको चांगहरु लत्याएर नेपाली कांग्रेसकोे सभापति हुने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको चाहना कसरी पुरा होला र खै ?
यतिबेला वरिष्ठ नेता पौडेलसग I’m Thankful to those who left me, because they taught me I can do it alone भन्नुभन्दा केहि उपाय छैन क्यु कि अंगुर खट्टा है भन्ने कथा त हामी सबैले सुनकै छौ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्