मेरो देश !!!

  • ख-
  • ख+

यस्तो पसल जस्तो भयो मेरो देश
जहाँ नेता बिक्री हुन्छन्
कुरा गर्छन् राष्ट्रवाद र राष्ट्रियताको
तर फेरि, राष्ट्र नै बेच्न खोज्छन्
माइलीको भट्टी जस्तो भयो मेरो देश
जहाँ नशामा गफका खेती हुन्छन्
भाषण गर्छन् सुशासन र अग्रगमनको
तर फेरि, कुशासनको नमूना देखाउँछन्
लाल बजार जस्तो भयो मेरो देश
जहाँ सधैं देशको अस्मिता लुटिन्छ्न्
आश्वासन दिन्छ्न् सपना बाँडछ्न ठूला ठूला
तर फेरि, जनविश्वासलाई बलात्कार गर्छ्न्
चिच्याउन कराउन मन लाग्छ हरे शिव
कस्ता पापीको हातमा गयो मेरो देश
अनि कहाली लाग्छ सम्झिदा पनि कि कतै
विश्व मानचित्रबाटै हराउने त होइन मेरो देश ???

सुशील देवकोटा
२०७३।०४।०६, बिहीबार
बेसीगाउँ, जोरपाटी , काठमाण्डौ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्