पोखराको मेट्रोसिटी अस्पतालमा घाईतेको बिचल्ली बनाउने डाक्टरहरु भगवान् कि … ?

  • ख-
  • ख+

कुनै शंका छैन डाक्टरहरु भगवानका रुप हुन् र अस्पतालहरु मन्दिरजस्तै पवित्र हुन् तर जब मान्छेलाई पर्छ र अनुभव हुन्छ नि अनि मान्छे बल्ल सोच्न थाल्छ , बोल्न थाल्छ र भन्न थाल्छ डाक्टरहरु के हुन् भनेर । सेतो कोट लगाउने डाक्टरहरु लुटाहा हुन् र मन्दिर भनिएको अस्पताल लुट्न बनाईएको अस्पताल भनेर नाम टाँगिएको एउटा आधिकारिक लुट्ने ठाउँ हो भनेर अरुले भनेको सुन्दा अलि कम विश्वास लाग्थ्यो तर आज आफुले बेर्होदा त्यो विश्वास बलियो भएको छ ।
कुरा साउन २५ गतेको कुरा हो जिपि कोईराला स्वास प्रस्वास उपचार केन्द्र, दुलैगौडामा नाईट सिफ्टको ड्युटी गरेर मेरो भतिज बुहारी (अप्सरा भण्डारी पौडेल) घर फर्कदै गर्दा तनहूँ जिल्ला व्यास नगरपालिका वडा नं.५ को चापाघाटमा मिनिबस दुर्घटनामा पर्छिन् । उनी सहित अन्य यात्रुहरु घाईते हुन्छन् । उहाँहरुलाई दमौलीका विभिन्न अस्पतालहरुमा लगिन्छ । अप्सराको अवस्था गम्भिर देखेर स्वास्थ्यकर्मीहरुले परिवारलाई पोखरा लैजान आग्रह गर्नुहुन्छ । घर नजिकै आईपुगेकी मान्छे त्यसरी गम्भिर घाईते भएपछि परिवारले केहि नसम्झि कसरी बचाउन सकिन्छ भनेर व्यास नगरपालिकाको एम्बुलेन्समा पोखरा पुर्याइन्छ । सबैले घाईतेको ढाँडमा चोट लागेको देखेर हाडजोर्नी बिशेषज्ञ डाक्टर भरत बहादुर खत्रीको मेट्रोसिटी अस्पतालमा लगिन्छ , परिवारलाई विश्वास थियो हाडजोर्नीका विशेषज्ञ डाक्टर भरतबहादुर खत्री र डाक्टर चन्द्रबहादुर मिश्र जो तनहूँ दमौलीको हुनुहुन्छ उहाँहरुको राम्रो रेस्पोन्स पाईन्छ, बिरामीको अवस्थाको बारेमा चाडै जानकारी पाईन्छ ।
गम्भिर चोट भएको घाईते होशमा छ, राम्रैसग बोलिरहेको छ तर त्यो अस्पतालमा प्रशासनले जुन हिसावको व्यवहार देखाएको छ त्यो कुरा कहिल्यै बिर्सन लायक नै छैन । ९ः४० मा भएको दुर्घटना पश्चात करिब ११ सवा ११ तिर पुयाईएको विरामीको विल्डिगं रोकिएको छैन, ईमरजेन्सिको बेडमा राखिन्छ । लामो समयपछि सिटी स्क्यान गरिन्छ र बिफ्रिगं गरिन्छ ”हाम्रो डक्टरसाबहरु ५ बजेपछि आउनुहुन्छ त्यसपछि के हुन्छ हामी डिसिजन गर्छौ ।” रगत ल्याउन आग्रह गरिन्छ । ८ पिन्ट रगतको व्यवस्था पश्चात घाईतेलाई ICU मा लगेर रगत र सेलन पानी चढाईन्छ । हाम्रो पटक पटक आग्रह हुन्छ ”घाईतेको शरिरबाट रगत बग्ने क्रम रोकिएको छैन तपाईहरुले यस्तो गम्भिर घाईतेको उपचार गर्न सक्नुहुन्छ कि सक्नुहुन्न हामीलाई निर्णय दिनुस् यस अस्पतालमा उपचार सम्भव नहुने भए हामी बरु अन्यत्र लैजान्छौ” , उहाँहरुबाट केहि डिसिजन आउदैन ।

उक्त अस्पतालमा शरिरमा रगत चढाउने र त्यहि बगेको रगत थैलीमा जम्मा गर्ने भन्दा केहि काम हुदैन । गम्भिर चोटपटक अनि आफन्तहरुको पिडा अनि उक्त अस्पतालका डाक्टरहरुले घाईतेलाई पनि वास्ता नगरेको देख्दा मन कुडिन्छ । डाक्टर चन्द्रबहादुर मिश्र त दमौलीको मान्छे केहि सर्पोट हुन्छ कि सोच्यो अरुले सुनाएका अनुभवहरुमा उहाँ खरो उत्रिनुहुन्छ । तै पनि आफ्नो ठाउँको मान्छे केहि रेस्पोन्स आउछ कि भनेर दमौलीको एकजना मान्छेलाई फोन गरेर भनिन्छ ” यस्तो गम्भिर घाईते मान्छेप्रति गरिने व्यवहार यस्तै हो ?” त्यसपछि दमौलीबाट डाक्टर चन्द्रलाई फोन जान्छ ”डाक्टरसाब के हो तपाईको रेस्पोन्स ? एउटा कुरा दुर्घटनामा गम्भिर घाईते, अर्को कुरा ति मान्छेहरु राम्रै मान्छेहरु हुन् , घाईते त झन् पत्रकार महासंघ तनहूँका अध्यक्ष उज्वल पौडेलकी भाउजु हुन् ” भनेपछि डाक्टर चन्द्र ”पत्रकार महासंघ तनहूँका अध्यक्षकी भाईजु ?” भनेर जर्याकजुरुक कुर्सीबाट उठ्दै भेट्न खबर पठाउनुहुन्छ । आईसियुमा छिरेर हेरझै गर्नुहुन्छ । भेटमा उहाँको बडप्पन देखिन्छ , अस्पतालमा भएको बेमेल सुनिन्छ । हामीलाई त्यो अस्पताल कस्को हो ? उक्त अस्पतालको प्रमुख मान्छे को हो भन्नेसग के मतलब छ र ? हामीले मिनेटमा डिसिजन चाहिन्छ भनेका छैनौ हामीलाई त हाम्रो बिरामीको उपचार उक्त अस्पतालमा हुन्छ कि हुदैन भन्ने जान्नुछ । ६, ७ घण्टाको बिचमा एउटा डिसिजन मागेका छौ । लामो समयसम्म पनि न त उपचार भएको छ न त घाईतेको उपचार गर्न सक्छौ सक्दैनौ भन्ने खबर आएको छ ।

घण्टौपछि करिब ६ः३० को समयमा डाक्टर भरत बहादुर खत्रीले ”बिरामीको अवस्था गम्भिर र उक्त अस्पतालमा उपचार सम्भव नदेखिएकोले अरु अस्पताल लानुपर्छ कि तै पनि महिला सम्बन्धि चिकित्सक आएर निर्णय दिनुहुन्छ” भन्नुहुन्छ केहिबेरमा अर्को चिकित्सिक आएर ” चोटहरु गम्भिर रहेछन् उक्त अस्पतालमा उपचार नहुने” बताउनुहुन्छ । ”रात पर्यो काठमाण्डौ हेलिकप्टरबाट लैजान सम्भव हुदैन होला पोखरामा कुनै अस्पतालमा लगेर उपचार हुन्छ कि ? ” भनेर सोध्दा सायद आफ्नो ICU मा भएको हजारौ रकम तिर्ने बिरामीलाई अन्त किन रिफर गर्ने भनेर होला उहाँहरु सबै मौन हुनुहन्छ । बिहानको समयमा ल्याएको सख्त घाईते बिरामीलाई करिब ७ः३० तिर ”काठमाण्डौ लैजानुस् यस अस्पतालमा नहुने रहेछ” भन्दा कस्तो भयो होला आफन्तहरुलाई ? उपचार गर्दा गर्दै सकिएन भनेको भए त ठिकै थियो तैपनि पिडा मनमा दवाएर हेलिकप्टर खोज्ने प्रयासमा लाग्यौ , रातिको समय कहाँ पाउनु नाईटभिजन हेलिकप्टर ? आज नभएपनि भोलिपल्ट बिहानै लग्ने सल्लाहमा घण्टौको प्रयास हेलिकप्टरको मनलाग्दि भाडादर, घण्टौको प्रयासपछि आदरणिय पत्रकार प्रदिप काफ्लेको सहयोग पश्चात भोलिपल्ट बिहान हेलिकप्टर आउने हुन्छ । खराब मौषमका बावजुद घाईतेलाई २६ गते बिहान काठमाण्डौको ग्राण्डी अस्पतालमा पुर्याईन्छ अनि लाग्दछ अनि सानो लुटिने मन्दिरबाट अलि ठुलो लुटिने मन्दिरमा प्रवेश गर्दैछौ ।

११ देखि १२ बजेको बिचमा अस्पतालमा पुर्याएको सख्त घाईते बिरामीलाई जुन हिसावले मेट्रोसिटी अस्पतालमा राखियो के बिरामीको शरिरबाट बगेको रगत रगत चढाएर सर्कुलेशन गर्ने मात्र काम हो कि विरामीको परिवारलाई उक्त अस्पतालमा उपचार हुने नहुने खबर समयमा नै दिने काम हो ? डाक्टर हौ अस्पताल चलाएरका छौ भन्दैमा …. मा उम्रिएका मुला झैं फुलेर हिड्नु हो कि घाईतेलाई उपचार पनि गर्ने हो ? सेतो एप्रोन लगाउदैमा डाक्टरको सर्टिफिकेट बोक्दैमा भगवान भईन्छ कि बिरामीको हेरचाह गरेर भगवान् बनिन्छ ? बिरामीलाई रेस्पोन्स नगरिकन भगवान बनिन्छ कि बिरामीको चहराईरहेको घाँउमा मलम लगाएर भगवान बनिन्छ ? पटक पटक विवादको भुमरीमा परेको, सयौ हजारौ विरामीले गुनासो गरेको मेट्रोसिटी अस्पताल र डाक्टर भरतबहादुर खत्री अनि डाक्टर चन्द्र मिश्र एण्ड टिमले सोच्नुपर्नेछ , पैसा त जसरी कमाउन पनि सकिएला तर भगवानको पगरी जोगाईराख्न गलितो बैंक ब्यालेन्स होईन कमलो मन हुनुपर्छ , बिश्वास लाग्दैन भने डाक्टर गोविन्द केसीलाई सोध्नुस् अनि तपाईहरुको हेलचक्रयाईले, तपाईहरुको ढिलो रेस्पोन्सले पैसा र ज्यान गुमाएका मान्छेको परिवारलाई सोध्नुस् डाक्टर के हो भनेर ? अनि तपाईको उचित समयमा निर्णय नदिदा डाक्टरले चेकजाँच गरेर समयमा नै अर्को अस्पताल पुर्याउन पाईन भनेर जीवनभर चुक्चुकाउने अप्सरा भण्डारी पौडेलको परिवारलाई सोध्नुस् डाक्टर के हो भनेर ? तिनलाई सोध्नुस् ति डाक्टर भगवान हुन् कि लुटाहा हुन् भनेर ? क्रमशः

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्