सम्पादकिय:अन्धकारमा बसिरहने कहिलेसम्म ?

  • ख-
  • ख+

प्रीति श्रेष्ठ । मंसिर ४ । तनहूँ । लामो समय भईसक्दा पनि न त कोरोना कोभिड १९ को औषधी पत्ता लगाउन बैज्ञानिकहरु सफल भएका छन् न त माहामारीको अन्त्य हुने कुनै छाँटकाट देखिएको छ । अन्य देशको तुलनामा कोरोना संक्रमण भएपछि मृत्यु हुनेको संख्या कम भएपनि नेपालीहरुले सन्तोष मान्नुपर्ने अवस्था अवश्य छैन कोरोना महामारीले नेपालीलाई मात्र होईन विश्वमा सबैलाई नराम्रोसग थिलोथिलो बनाएको छ, बोल्न सक्ने मानिसहरुले आफ्नो पिडा र समस्या सुनाउन पाए पनि शिक्षाक्षेत्रको अझ भन्नुपर्दा बालबालिका भविष्यका कर्णाधारहरुको समस्यातिर कसैले ध्यान दिएको छैन न त लाखौ बिद्यार्थीहरुलाई शिक्षाको ज्योति फैलाईरहेका निजी बिद्यालयका ति शिक्षकहरुको पिडा कसैले महसुस गरेको छ ।
लकडाउन तथा लकडाउन हटेको अवस्थामा अनलाईन कक्षा संचालन गर्नुपर्छ भनेर जोडतोडका साथ अनलाईन कक्षा संचालन गरिएको पनि छ तर जति नै रटान लगाएर अनलाईन कक्षा संचालन गरेपनि नेपालजस्तो देशमा अनलाईन कक्षा कत्तिको प्रभावकारी छ होला अनलाईन कक्षाको नाममा करोडौ रकम खर्च गर्ने निकायहरुले सोचेको पाईदैन । न त हामीले यदाकदा संचालन गरिरहेका अनलाईन कक्षा नेपालजस्तो देशका बिद्यार्थीहरुको लागि कत्तिको प्रभावकारिता भयो होला त्यस्को जवाफ नै छ ।

(प्रीति श्रेष्ठ)

बिषम् परिस्थिति र जिम्मेवारीबाट मुक्त जस्तो देखिने शिक्षा मन्त्रालय भएको हुनाले अब बिद्यार्थीको भविष्य बचाउन र निजी विद्यालय जोडिएका संचालक, शिक्षक र कर्मचारीको गाँस बास र कपास जुुटाउन पनि सरकारको मुख नताकि बिशेष सावधानीवश अध्ययन अध्यापन सूचारु गराउनु पर्ने जरुरी रहेको छ । त्यस्को लागि निजी तथा सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा कर्मचारीहरुले विश्व स्वास्थ्य संगठनले तोकेका मापदण्डहरु पालना गरि उच्च मनोवलका साथ अगाडि बढ्नु नै प्रभावकारी हुन आउदछ । त्यसो गर्न सकिएन भने अध्ययन अध्यापन शुरु भईसकेपछि विद्यालय हाताभित्र कोहि कसैमा कोरोना पोजिटिभ देखिएको खण्डमा स्थिति झन् भयावह हुने सम्भावना रहन्छ त्यसैले सचेत बनौ, सावधानी अपनाऔं र मनोबल उच्च राखौ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्