ठमेलमा खुल्यो भिन्तुना नेवारी रेष्टुरेण्ट एण्ड वार

  • ख-
  • ख+

काठमाण्डौ । काठमाण्डौको ठमेलमा भिन्तुना नेवारी रेष्टुरेण्ट एण्ड वार संचालनमा आएको छ । आजबाट संचालनमा आएको रेष्टुरेण्टमा नेवारी परिकारहरु खान पाईने छ । विशेष गरि विदेशी पर्यटकहरुको भ्रमण स्थल र पछिल्लो समय स्वदेशी पर्यटकहरुको लागि पनि आर्कषक बनेको ठमेलमा संचालनमा आएको यस रेष्टुरेण्टमा स्वच्छ नेवारी खाना खाजा उपलब्ध हुने यस रेष्टुरेण्टका संचालक मध्ये एक मधु ढकालले बताउनुभएको छ ।
स्वदेशी तथा विदेशी पर्यटकहहरु काठमााण्डौ आएपछि ठमेल नआउने कम नै हुने र ठमेलको बारेमा र काठमाण्डौको नेवारी खानाको बारेमा नसुनेको मान्छे नेपालमा कम नै भएको कारण एकदमै उत्कृष्ट नेवारी खानाका परिकारहरु पेश गर्नको लागि पनि बिषम परिस्थितमा पनि रेष्टुरेण्ट संचालनमा ल्याएका हा्े् अर्का संचालक महेश महर्जनको भनाई रहेको छ ।
ठमेलको नरसिंह चोकमा वर्ड टच टुर्स एण्ड टाभल्स् प्रा.लि. रहेको भवनमा संचालनमा आएको रेष्टुरेण्टमा स्वादिष्ट नेवारी परिकारहरु उपलब्ध छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्