(कविः आकाश अधिकारी)
आगो बिना को दुनियाँ !
कल्पना गर्न सकिदैन।
आगो छ र त !
मृत तिम्रो भौतिक शरीर !
चितामा जलेको छ।
आगो नै हुदैनथ्यो भने
कसरी बल्थ्यो र चुल्हो ?
कसरी सल्किन्थ्यो र मशाल ?
कसरी हुन्थ्यो परिवर्तन ?
कास् !
तिम्रो चेतना स्तर स्खलित छ।
तर पनि
कल्पना गरी हेर त ?
आगो नभई दिएको भए !
के हुन्थ्यो के हुदैनथ्यो ?
कुहिने थिए लास हरु !
अन्धकार हुने थियो समाज।
अनि !
चलिरहने थियो दुनियाँ
यहीँ लय र रफ्तारमा।
जसरी आजकल चलेको छ।
(दमौली, तनहूँ )