ट्राफिक नियम पालना र व्यवस्थापनमा तनहूँलाई नमुना जिल्ला बनाउनेछु : गोकर्ण नेपाल प्रमुख (प्र.ना.नि.) , जि. ट्रा. प्र.का.तनहूँ

  • ख-
  • ख+

लामो पृथ्वी राजमार्ग र ग्रामिण सडकहरुको संजाल रहेको तनहँ जिल्लाको ट्राफिक व्यवस्थापन अत्यन्तै जटिल काम रहेको छ । लम्जुगं जिल्लाको कुन्छाको फेदिदेखि देवघाटधामसम्म र मुग्लिनको पुलदेखि कोत्रेको पुलसम्मलाई सम्हाल्न ३२ जना ट्राफिक प्रहरीलाई शायदै सहज होला तैपनि तनहूँ जिल्ला ट्राफिक व्यवस्थापन र ट्राफिक नियम कानुन पालना गर्ने सूचिमा अन्य जिल्लाको तुलनामा उत्कृष्ट नै रहेको छ । ट्राफिक व्यवस्थापन र ट्राफिक नियम कानुन पालनामा आमसर्वसाधारणको सहयोगको जति आवश्यकता हुन्छ त्यो भन्दा बढि जिम्मेवार निकायले गर्ने कार्यले त्यसलाई निर्देशित गर्ने गरेको छ । तनहूँ जिल्लालाई ट्राफिक व्यवस्थापन र ट्राफिक नियम कानुन पालनामा उत्कृष्ट बनाउनको लागि अघिल्ला ट्राफिक प्रहरी प्रमुखहरुले पनि उल्लेखनिय भुमिका खेलेको कुरालाई नजरअन्दाज गर्न सकिदैन । यतिबेला तनहूँमा धादिगं जिल्लाबाट ट्राफिक प्रहरी प्रमुखको रुपमा गोकर्ण नेपालको आगमन भएको छ । ट्राफिक व्यवस्थापन र जिल्लाको बस्तुस्थितिको बारेमा ट्राफिक प्रहरी प्रमुख गोकर्ण नेपालसग गरिएको कुराकानीः

प्रश्नः तपाई तनहूँ जिल्लामा ट्राफिक प्रहरी प्रमुख भएर आएको लामो समय भएको छैन शुरुमा नियाल्दा कस्तो पाउनुभयो यहाँको ट्राफिक व्यवस्थापनको अवस्था ?
तनहूँमा पृथ्वी राजमार्गको धेरै लामो दुरी पर्ने भएकोले सवारी व्यवस्थापन भन्दा पनि यहाँ सवारी दुर्घटना ज्यादै हुने गरेको पाईएको छ र त्यो नै हाम्रो पहिलो प्राथमिकता रहेको छ । तिनीहरुलाई टार्गेट गरेर हामीले सवारी दुर्घटना न्युनिकरणको लागि हामी बिशेष कार्यक्रमलाई अझ बिशेष प्रकारबाट संचालन गर्ने गरेका छौ । त्यसको लागि हामीले मापसे चेकिगं बिहान, दिउँसो, बेलुका दैनिक चेकजाँज गर्ने गरेका छौ । सगै तिब्र गतिमा सवारी संचालन गर्नेहरुलाई नियन्त्रणको लागि राडर गन प्रयोग गरेर पनि कारवाही गर्ने गरेका छौ । ट्राफिक नियम उलंघन गर्नेहरुलाई अधिकतम कारवाही गर्नुका साथै जनचेतना फैलाउने कामलाई पनि अगाडि बढाईरहेका छौ ।

प्रश्नः तनहूँमा ट्राफिक व्यवस्थापन ततथा ट्राफिक प्रहरीले गर्नुपर्ने थुप्रै कामहरु मध्ये जिल्लामा धेरै दुर्घटना हुने हुने सडकखण्ड, जिल्लाका विभिन्न भेगमा जाने लोकल गाडि र बाटोका समस्याहरुलाई कसरी सम्बोधन गर्ने गर्नुभएको छ ?
बिशेष गरि तनहूँका ग्रामिण सडकमा क्षमताभन्दा बढि यात्रुहरु ओसार्ने गरेको र त्यसकै कारणले पनि दुर्घटनाहरु हुने गरेको हाम्रो तथ्यांकहरु पाईएको छ त्यसै कुरालाई मध्यनजर गर्दै ति क्षेत्रहरुलाई बिशेष निगरानीहरु राखेर हामीले ग्रामिण सडकहरुमा बिशेष चेकिगं राखेर सवारी साधनको चेकिगं गरेका छौ । सवारी अनुमति पत्र नहुने लागि कारवाही गराउने, सिट क्षमताभन्दा बढि यात्रु बोक्नेलाई कारवाही गर्ने , यात्रु, सवारी चालक र सवारी धनिहरुलाई चेतना फैलाउने लगायतका कार्यक्रमहरु पनि तिब्ररुपले गरिरहेका छौ ।

प्रश्नः तनहूँ जिल्लाका ठुला बजारहरु आँबुखैरेनी, डुम्रे, दमौली , खैरेनीटार, दुलैगौडा क्षेत्रमा सवारी चाप बढि र पार्किगंको लागि ठाँउको एकदमै अभाव रहेको छ त्यसकुराले ट्राफिक नियम पालना र ट्राफिक व्यवस्थापनको लागि कत्तिको अप्ठ्यारो भएको छ ?
तपाईले नाम लिनु भएका शहर बजारहरुमा सडक साँघुरो भएको त सबैलाई थाहा भएकै कुरा हो । तिमध्ये अलि व्यस्त दमौली बजारमा एकतर्फि पार्किगं गरेर , भित्री बजारमा पार्किगं गर्ने स्थान भएर पनि पार्किगंको लागि खासै समस्या देखिएको छैन । खैरेनीटार र दुलैगौडामा पनि पार्किगंको लागि प्रशस्त स्थान भएकोले समस्या आईपरेको छैन बिशेष गरि डुम्रे, आँबुखैरेनी र बेलचौतारामा भित्री बजार नभएको र ति बजारहरु हाईवेसग जोडिएको साँघुरो बजार भएकोले ट्राफिक व्यवस्थापनमा समस्या भईरहेको छ त्यसको लागि सरोकारवाला निकायहरुसग समन्वय गरेर राम्रो बनाउने प्रयत्न जारि रहेको छ ।

प्रश्नः तनहूँको लागि ट्राफिक जनशक्तिको अभाव कत्तिको रहेको छ ।
हामीसग अहिले ३२ जना ट्राफिक प्रहरीहरु रहेको छ । ३२ जना ट्राफिक प्रहरीहरुले ७२ किलोमिटर लामो हाईवे, सडक संजाल विस्तार भएका १० वटा पालिका भएको कारणले हामीसग आवश्यक दरवन्दि एकदम कम नै छ । ३२ जना ट्राफिक प्रहरी हुदाँ त समस्या हुने नै भयो तैपनि सबैको सहयोग र सद्भावले नाम्रो काम भएको छैन रह्यो कुरा संख्याको समय अनुसार दरवन्दि थपिनेमा हामी आशावादी छौ ।

प्रश्नःबाटोको समस्या, सवारी साधनका समस्या, दुर्घटनाका समस्याहरु त छदैछन् ट्राफिक नियम पालनामा कत्तिको सचेत र जागरुक पाउनुहुन्छ तनहूँ जिल्लामा सवारी चालकहरु ?
हाईवे हो धेरै नै सचेत चालकरु भ्ेटिनुहुन्छ भने उछृंखल कृयाकलापमा रमाउने चालकहरुको कमि पनि छैन त्यस्तो त जतासुकै हुने गर्छ नै तनहूँ जिल्लामा पनि अन्य जिल्लाको जस्तै बिशेष गरि ग्रामिणभेगमा सवारी चलाउने चालकहरुको चेतनाको स्तर एकदमै कमजोर पाएका छौ त्यसैले हामीले चालक, सहचालक र विद्यालय लक्षित जनचेतनामुलक कार्यक्रम निरन्तर चलाईराखेका छौ । कयौ सवारी चालकहरुलाई सवारी चालकका साधारण नियम कानुनको पनि पालना गर्न नखोज्ने भएको कारण पनि दुर्घटनाहरु भईराखेकोले तथ्यांकहरुले देखाएकोले हामी तिनीलाई सम्झाउने, बुझाउने र नियम कानुनको उलंघन गरे कारवाही गरिरहेका छौ ।

प्रश्नः तपाई त नेपालको अत्याधिक सवारी चाप हुने, अत्याधिक दुर्घटना हुने जिल्ला धादिगं जिल्लामा ट्राफिक प्रहरी प्रमुख भएपश्चात तनहूँमा आउनुभएको छ धादिगं जिल्लाको अनुभवले तनहूँ जिल्लालाई के फाईदा पुग्छ होला भन्ने लाग्दछ तपाईलाई ?
धादिगं जिल्लामा बढि मालवाहक सवारी साधनहरु गुड्ने, रातिको समयमा पनि टिप्पर लगायतका सवारी साधनहरुको काम हुने भएको र तनहूँ जिल्लामा यतिबेला राजमार्ग विस्तारका कामहरु भईराखेको हुदाँ जिल्ला अनुसार काम र जिम्मेवारीको प्रकृति फरक छ । धादिंगमा जस्तै तनहूँमा पनि काम त चुनौतिपूर्ण नै रहेको छ । कतिपय अवस्थामा बाटो अवरोध गरेर नै ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्था आउन सक्नेछ । बाटो बिस्तारको काम भएकोले रुख काट्ने, ढुगां माटो पन्छाउने लगायतका भईरहेकोले त्यसलाई हामी सचेत भएर यात्रु तथा सावरीसाधनलाई सहज बनाउने प्रयाश जारि राख्नुपर्नेछ ।

प्रश्नः अन्तमा केहि भन्न चाहानुहुन्छ कि ?
हामी ट्राफिक प्रहरी पनि यहाँहरु सबैको सेवाको लागि बसेका हौ , हामी सबैले ट्राफिक नियम कानुनको पालना गरेउ भने हामीलाई नै फाईदा पुग्ने कुरा मैले बताईरहन पर्दैन । अब हाम्रो कामको कुरा गर्दा ट्राफिक नियम कानुनको पालनामा गर्ने र गराउने सवालमा जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहूँ कहिल्यै चुक्नेछैन र म आफ्नो कार्यकालमा तनहूँलाई ट्राफिक व्यवस्थापन तथा ट्राफिक नियम पालना गर्ने र गराउने सवालमा तनहूँलाई नमुना जिल्ला बनाउने प्रयाश लागिरहेको छु ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्