तनहूँ । तनहूँ जिल्लाको व्यास नगरपालिका वडा नं. १० को श्री चण्डिदेवी राष्टिय मा.वि. केन्द्रमा बुबाको किरिया बसेका दुईजना छोराहरु मतदान गर्न आएका छन् । मतदना गर्न आउनेमा व्यास १० बोटेगाउँका भोज बहादुर बोटे र ईम बहादुर बोटे हुनुहुन्छ । उहाँको बुबा तिलबहादुर बोटेको ३ दिन अगाडि मृत्यु भएको थियो ।
‘बुबाको मृत्यु भएपनि आफुलाई असल नागरिक सम्झेर मतदान जस्तो जनप्रतिनिधि चुन्ने अधिकार प्रयोग गर्नुपर्छ भन्ने विचार व्यक्त गरेपनि आफुहरुले उहाँहरुलाई यहाँ ल्याउन सहजिकरण गरेको” उक्त क्षेत्रका युवा शेरबहादुर बोटेले बताउनुभएको छ ।