तनहूँ । व्यास नगरपालिका वडा नं. १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका रमेशचन्द्र हड्खले विजयी हुनुभएको छ । हड्खलेले आफ्ना प्रतिष्पर्धी स्वतन्त्र उमेदवार चुडामणी दाहाललाई पराजित गर्नुभएको हो ।
२०३६ सालमा विपि कोईराला स्याङ्जा जादा विपिको सुरक्षामा खटिएर घर फर्कदा खुट्टामा गोली लागेका हड्खले शिक्षकवाट निवृत्त हुनुहुन्छ ।













