दमौलीमा बन्दकर्ताहरु पक्राउ

  • ख-
  • ख+

तनहूँ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरि ताजा जनादेशमा जाने निर्णय गरेसगै फुटको संघारमा आएको नेकपाको प्रचण्ड माधब नेपाल समुहले आयोजना गरेको नेपाल बन्दको दिन तनहूँको दमौलीमा बन्दकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । बिहानैदेखि सडकमा मोटरसाईकल समेत चल्न नदिइकन जम्मा भएका बन्दकर्ताहरुलाई पक्राउ गरिएकाृे हो । नेकपा प्रचण्ड नेपाल समुहका केन्द्रिय सदस्य प्रतापलाल श्रेष्ठ, नेकपा प्रचण्ड नेपाल समुहका गण्डकी प्रदेश सदस्य अतिन्द्र केशरी न्यौपाने, युवासंघका अध्यक्ष ईश्वर बस्याल सहितका १६ जनालाई दमौलीको भोर्लेटार चोकबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय तनहूँमा राखिएको नायव प्रहरी उपरिक्षक तथा जिल्ला प्रहरी कार्यलय तनहूँका प्रवक्रा युवराज तिमल्सेनाले बताउनुभएको छ ।
वहाँहरुलाई नियन्त्रण लिने क्रममा सामान्य धकलाधकेल भएको थियो । जिल्ला प्रहरी कार्यलय तनहूँका प्रवक्ता युवराज तिमल्सेनाका अनुसार जिल्लाको अवस्था सामान्य रहेको र केहि तोडफोड गर्न खोज्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिईएको र सवारी साधनलाई पनि माग अनुसार सुरक्षा पनि प्रदान गरिएको बताउनुभएको छ ।

बन्दको आव्हानको कारणले पसलहरु बन्द छन् भने सवारी साधनहरु एकदमै कम चलेका छन्, बन्दकर्ताहरु सडकमा देखिएका छैनन् भने सडकमा फाट्टफुट्ट लामो तथा छोटोदुरीका सवारी साधन र मोटरसाईकलहरु चलेका छन् ।
बन्द आव्हानकर्ताहरुले हिजो बजारको मुख्य चोकमा साँझ मसाल जुलुस गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्