व्यासनगरका युवा नेताद्धारा रचित गीतको म्युजिक भिडियो सार्वजनिक हुदै

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नं. ५ का अध्यक्ष एवं व्यास नगरपालिकाका प्रवक्ता मोहन कुमार श्रेष्ठद्धारा रचित गीतको म्युजिक भिडियो सार्वजनिक हुन लागेको छ । ”तिम्रो यादमा पिउने बानीले ” बोलको गीतमा मनराज गुरुगंले श्रेष्ठलाई लेखनमा सहयोग गर्नुभएको छ । जापानको सुन्दर शहरहरुमा छायांकन गरिएको गीतको म्युजिक भिडियो आईतवार सार्वजनिक गरिने भएको छ ।
अजित जंग क्षेत्री र तेजिन्द्र भण्डारीले छायांकन गर्नुभएको म्युजिक भिडियोमा विजय थापा, सोनाली परियार, बिनोद खत्री , पवन राजा, सपना थापा , मनोज के.सी., विनम जंग खत्री र रिमा खत्रीको अभिनय रहेको छ भने म्युजिक भिडियोको निर्देशन मनराज गुरुगं र विजय काजीको रहेको छ ।
म्युजिक भिडियोको तयारीभन्दा अगाडि नै अडियो सार्वजनिक भएको गीत निकै कर्णप्रिय रहेको छ । पवन राना मगरको स्वर रहेको उक्त गीतमा संगीत मनराज गुरुगंको रहेको छ ।

https://www.facebook.com/hari.gurung.10888

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्