नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको केन्द्रीय सदस्यमा तनहूँका ज्ञानेन्द्र बसौलाः व्यापारी र उपभोक्ताको हितमा काम गर्ने बाचा

  • ख-
  • ख+

तनहूँ । युवा व्यवसायी तथा समाजसेवी व्यक्तित्व ज्ञानेन्द्र बसौला उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको केन्द्रीय सदस्य चयन हुनुभएको छ ।

नेकपाका अध्यक्ष एवं सम्माननिय प्रधानमन्त्री के पी शर्मा ओलीको प्रमुख आतिथ्यतामा गत फागुन ३ गतेका दिन काठमाण्डौको कमलादीमा उक्त कार्यक्रमको आयोजना भएको थियो ।
जिम्मेवार व्यवसायी बिकास र समृद्धिमा हाम्रो प्रतिबद्धता लगानीको सुनिश्चता र रोजगारीको श्रृजना आजको आवश्यकता ” भन्ने मुल नाराका साथ सम्पन्न भएको उक्त कार्यक्रममा तनहूँ जिल्ला व्यास नगरपालिका वडा नं. २ का अर्का व्यवसायी कविराज श्रेष्ठ पनि केन्द्रिय सदस्य हुनुभएको छ ।
केन्द्रिय सदस्यमा चयन पश्चात बसौलाले व्यापारी तथा व्यवसायीको हकहितको लागि आफु सधै लागि पर्ने र व्यापार व्यवसायलाई उपभोक्ता मैत्री बनाउन पनि आफ्नो जोड रहने बताउनुभएको थियो ।
बसौला व्यास नगरपालिका वडा नंं १ गल्बुवेसीको बासिन्दा हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्