पूर्कोट कालिका क्याम्पसको लागि अक्षयकोष स्थापना

  • ख-
  • ख+

तनहूँ । तनहूँ जिल्लाको भानु नगरपालिकामा रहेको पूर्कोट कालिका बहुमुखी क्याम्पसमा बुधवार एक अन्र्तक्रिया कार्यक्रम आयोजना गरियो । उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समितिका पदाधिकारीहरु, प्राध्यापक एवं बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो । उक्त अवसरमा वडा ९ का अध्यक्ष निलन संजिवा श्रेष्ठ, क्याम्पसका पुर्व अध्यक्षद्धय खिला शर्मा बगाले, बिकलराज अधिकारी, बुद्धिजिवी तथा समाजसेवी सीताराम बजगाई , समाजसेवी नलबहादुर अधिकारी , बुद्धिजीवी अमृत बगाले लगायतका वक्ता हरुले क्याम्पसको आर्थिक भौतिक एवं शैक्षिक विकासका लागि बिबिध सुझावहरु प्रस्तुत गर्नु भएको थियो।


उक्त कार्यक्रममा क्याम्पसको आर्थिक विकासमा टेवा पुगोस् भन्ने हेतुले अक्षयकोष स्थापना गरि सो रकम क्याम्पसका अध्यक्ष दुर्गा बहादुर राउतलाई हस्तान्तरण गरिएको छ ।
अक्षयकोषको लागि दान गर्ने दाताहरुको नामावली र दान रकम निम्नानुसार रहेको छ ।

संस्थापक अध्यक्ष खिला शर्मा बगाले १ लाख २० रुपैयाँ, क्याम्पस प्रमुख ओजराज बगाले ५० हजार ५ रुपैयाँ उपाध्यक्ष, कृष्णमान श्रेष्ठ २५ हजार रुपैयाँ, अध्यक्ष दुर्गा बहादुर राउत २५ हजार रुपैयाँ, समाजसेवी अमृत बगाले २५ हजार रुपैयाँ, सदस्य, दुर्गा लाल श्रेष्ठ २५ हजार रुपैयाँ, सहायक क्याम्पस प्रमुख सीताराम अधिकारी २५ हजार रुपैयाँ, सहायक क्याम्पस प्रमुख रिदय भट्ट २५ हजार रुपैयाँ, सहायक प्राध्यापक सुमन श्रेष्ठ २५ हजार रुपैयाँ, सहायक प्राध्यापक रामकृष्ण भण्डारी २५ हजार रुपैयाँ, सहायक प्राध्यापक कुलिन्द्र प्रसाद वराल २५ हजार रुपैयाँ, सहायक प्राध्यापक बलराम गौली २५ हजार रुपैयाँ, लेखा कर्मचारी चिज कुमार श्रेष्ठ २५ हजार रुपैयाँ, सहायक प्राध्यापक तथा आजिवन सदस्य बिरेन्द्र रिमाल १५ हजार रुपैयाँ ।

(श्रोतः क्याम्पस प्रमुख ओजराज बगालेको फेसबुकबाट)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्