राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन खुला

  • ख-
  • ख+

काठमाडौँ । सन् २०२१ को लागि सञ्चालन गरिने आठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन खुलेको छ।

आठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन आजदेखि खुला गरिएको नेपाल एष्ट्रोनोमिकल सोसाईटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो ।

विद्यालयतहका विद्यार्थीहरुको प्रतिभा पहिचान तथा प्रवर्द्धनका लागि सन् २०१४ देखि सञ्चालित कार्यक्रममा यस वर्ष कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले आवेदन दिन सक्नेछन् ।

विद्यार्थीको तहगत सिकाइलाई ध्यान दिँदै राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड जुनियर र सिनियर गरी दुई विधामा आयोजना गरिनेछ । जस अन्तर्गत कक्षा ८- १० सम्मका विद्यार्थीले जुनियरमा आवेदन दिन सक्नेछन् भने ११, १२ का विद्यार्थीले सिनियरमा आवेदन दिन सक्नेछन् ।

ओलम्पियाडको पहिलो चरण र छनौट परीक्षा प्रादेशिक चरणको रुपमा यहि २८ चैत्र, २०७७, शनिबार दिउँसो १२ बजेदेखि २ बजेसम्म इटहरी, जनकपुर, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत तथा धनगढीमा आयोजना गरिनेछ ।

ईच्छुक विद्यार्थीहरूले आवेदन फारम आफूलाई पायक पर्ने सम्बन्धित प्रदेशका नेपाल एष्ट्रोनोमिकल सोसाईटीका संयोजक तथा सदस्यहरुलाई बुझाउन वा कार्यालयमा सिँधै इमेल (naso.office@gmail.com) गर्न सक्ने सोसाइटीले जनाएको छ ।

प्रदेश चरणमा गरेको प्रदर्शनका आधारमा दोस्रो चरण (राष्ट्रिय चरण) मा सम्बन्धित प्रदेशका विद्यार्थीहरुलाई सामेल गराइनेछ । यसरी दोस्रो चरणमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई तेस्रो तथा अन्तिम चरणमा सहभागी गराइनेछ । तेस्रो चरणको मूल्याङ्कनमार्फत् सहभागी विद्यार्थीहरूलाई यो वर्ष सञ्चालन हुने अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोफ़िसिक्स ओलम्पियाडहरुको लागि सिफारिस गरिने अध्यक्ष भट्टराईले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्