तनहुँ । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा सहयोगका लागि व्यास नगरपालिका–१२, छाब्दी निवासी तथा गाडी व्यवसायी नवराज अधिकारीले आफ्नो प्रतिबद्धता पूरा गर्नुभएको छ।

अधिकारीले बाढीपीडितको सहयोगार्थ भदौ १५ र १६ गतेको आफ्नो सम्पूर्ण कमाइ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो। सोही प्रतिबद्धताअनुसार उहाँले दुई दिनको कमाइ बापत प्राप्त रु. २३ हजार २ सय २५ रुपैयाँ बाढीपीडितको उद्धार तथा सहयोगका लागि प्रदान गर्नुभएको हो।

आफ्नो आम्दानीको महत्वपूर्ण हिस्सा सामाजिक सेवामा समर्पण गर्दै अधिकारीले विपद्को समयमा मानवीय सहयोग नै सबैभन्दा ठूलो धर्म भएको सन्देश दिनुभएको छ। उहाँको यो सहयोग रकमभन्दा पनि मानवीय भावना, सामाजिक उत्तरदायित्व र सेवाभावका दृष्टिले महत्वपूर्ण रहेको स्थानीयहरूले बताएका छन्।