। व्यास नगरपालिका–१ स्थित ज्ञानगंगा बोर्डिङ स्कूलका विद्यार्थीहरूले बाढीपीडितको सहयोगका लागि रु. ४७ हजार ५५० प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।

विद्यार्थीहरूको सक्रियतामा संकलन गरिएको उक्त रकम भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि प्रदान गरिएको विद्यालयले जनाएको छ।

विद्यालयले यस अभियानले विद्यार्थीमा सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावना विकास गर्न सहयोग पुगेको जनाएको छ। विद्यालय परिवारले बाढी तथा पहिरोमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताको उद्धार र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।