तनहुँ । बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि क्षत्री समाज व्यास नगरपालिका वडा नं –२ परिवारले रु. ३८ हजार आर्थिक सहयोग गरेको छ।
विपद्को यस कठिन घडीमा पीडित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले समाजले उक्त रकम सहयोग गरेको हो। समाजका अध्यक्ष रामचन्द्र अधिकारी र उपाध्यक्ष हरि कार्कीको नेतृत्वमा सहयोग जुटाइएको जनाइएको छ।
प्राकृतिक विपद्का कारण घरबार तथा धनसम्पत्ति गुमाएका नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व भएकाले आफ्नो तर्फबाट सहयोग गरिएको समाजले जनाएको छ।
क्षत्री समाज व्यास–२ परिवारको यो सहयोगले बाढीपीडितको राहत तथा उद्धारमा केही भए पनि टेवा पुग्ने विश्वास गरिएको छ।













