महालक्ष्मी विकास बैंक दमौली शाखाबाट प्रहरीलाई १सय थान ज्याकेट प्रदान

  • ख-
  • ख+

तनहूँ । महालक्ष्मी विकास बैंक लि. ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कायक्रमहरु गर्दै आइरहेको छ। सोही कार्यलाई निरन्तरता दिदै दमौली शाखाले बैशाष १० गते जिल्ला प्रहरी कार्यालय तनहूँलाई १ सय थान फ्लोरेसेन्ट जकेट हस्तान्तरण गरेको छ। समाजमा अपराध तथा सवारी दुर्घटना बढिरहेको अवस्थालाई मध्यनजर गर्दै अपराध नियन्त्रण र सवारी दुर्घटना रोकथामका लागि सहज होस् भन्ने मनसायले उक्त जकेट प्रदान गरिएको शाखाले बताएको छ ।
जनताको सुरक्षाका लागी अहोरात्र खटने प्रहरीलाई सजिलै देख्न सक्ने र सम्भावित दुर्घटनालाई कम गर्ने छ भन्ने अपेक्षा राखेर जकेट प्रदान गरिएको दमौली शाखाका प्रबन्धक सुदिप न्यौपानेले बताउनुभएको छ ।
५८ हजार रुपैया बरावरका १०० थान फ्लोरेसेन्ट जकेट प्रबन्धक सुदिप न्यौपानेले जिल्ला प्रहरी कार्यालय तनहूँका प्रहरी उपरिक्षक अरुण पौडेललाई हस्तान्तरण गर्नुभएको थियो ।
उक्त अवसरमा प्रहरी उपरिक्षक अरुण पौडेलले बैकको यो सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमले प्रहरीलाई आफ्नो कार्य गर्न थप टेवा पुग्ने बताउनुभएको थियो । साथै वहाँले प्रहरीहरुलाई आवश्यकिय सामाग्रीहरु प्रदान गरेकोमा महालक्ष्मी विकास बैंक परिवारलाई धन्यवाद समेत प्रकट गर्नु भएको थियो ।
उक्त अवसरमा जिल्ला टाफिक कार्यालय तनहूँका प्रमुख डोलेन्द्र बहादर हमालले बैंकको यो कार्यले रातमा पनि सवारी साधनहरुको चेकजाँच गर्न अझ सहज हुने बताउनुभएको थियो ।
देशभर गरेर जम्मा १०३ वटा शाखा रहेको महालक्ष्मी विकास बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने शाखा प्रवन्धक सुदिप न्यौपानेले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्