भारतको नेपालसग जोडिएको राज्य बिहारमा मंगलबारदेखि लकडाउन

  • ख-
  • ख+

काठमाडौं । भारतको उत्तरी राज्य बिहार मंगलबारदेखि लकडाउन घोषणा गरिएको छ । कोरोना भाईरसको संक्रमण तीव्र रुपमा बढेपछि बिहारका मुख्यमन्त्री नितिश कुमारले जेठ १ गतेसम्मका लागि लकडाउन घोषणा गर्नुभएको हो ।

मुख्यमन्त्री नितिश कुमारले सामाजिक सञ्जाल ट्वीटरमार्फत मन्त्रीहरु र सरकारी अधिकारीसँगको छलफलपछि यो निर्णय लिइएको जानकारी दिनुभएको छ ।
बिहारमा सोमबार कोरोनाका ११ हजार ४ सय ७ नयाँ संक्रमित भेटिएको थियो भने ८२ जना संक्रमितको मृत्यु भएको थियो । बिहारको राजधानी पटनामा मात्र सोमबार २४ जनको मृत्यु भएको थियो ।

यसअघि पटनाको उच्च अदालतले बिहारमा कोरोना संक्रमण उच्च देखिन थालेको भन्दै सरकारलाई लकडाउन घोषणा गर्न निर्देशन दिएको थियो ।

(एजेन्सी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्