तनहूँ । अविरल बर्षा र नदि कटानका कारण तनहूँको व्यास नगरपालिका वडा नं. ५ को पाटन क्षेत्रको वस्ति जोखिममा परेको छ । गत आइतबारदेखि परेको अविरल वर्षापछि मादी नदीमा आएको बाढीले कटान गर्दा व्यास नगरपालिका वडा नंं ५ पाटनक्षेत्रका करिब ६ सय ६३ घरहरु उच्च जोखिममा परेका छन् । उक्त नदि कटानले उक्त क्षेत्रका विभिन्न संघसंस्थाका भवनहरु पनि जोखिममा परेका छन् ।

यस बर्ष नदिमा पानीको मात्रा बढ्नुका साथै लामो समयसम्म पानी परिरहेकोले नदी बस्तीतर्फ सोझिएपछि उच्च जोखिममा रहेका बस्तीका मानिस रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको,नदी कटान गरिरहेका उत्तः क्षेत्रमा रहेको पाटन खेलकुद मैदान, पाटन पराशर पार्क, वृद्धाश्रम, भजनकीर्तन समितिको भवन, गुरुकुल आश्रम, भूपू भवन, सामुदायिक भवन, पराशर माध्यमिक विद्यालय लगायतको भौतिक संरचना क्षति हुनेसक्ने देखिएको टोल विकास संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
मादि नदिको कटान बस्तितर्फ बढिरहदा उक्त क्षेत्रको बचाव गर्न लगाईएको बाँसको गाँजसमेत मादिले ढलाईसकेको छ, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले स्थलगत अनुगमन पश्चात बस्ति जोगाउन पहल गर्ने बताएपनि अविरल बर्षाका कारण उत्तः स्थानका मानिसहरुको मनमा त्रास बढिरहेको स्थानियहरुको भनाई छ ।