तनहूँ । गण्डकी प्रदेश सरकारको लगानीमा तनहूँको व्यास नगरपालिका वडा नं. ४ कृष्णपुरमा पिच भएको मोटरमार्गमा प्राविधिक ज्ञानको अनुपम नमुना देख्न पाईन्छ । उक्त सडक पिच गर्नको लागि प्रदेश सरकारबाट २३ लाख रकम परेको थियो र उक्त रकमबाट उक्त मार्गमा ४ सय १० मिट बाटो पिच गरिएको छ । प्रदेश सरकारबाट २३ लाख रुपैया बजेट निकासी हुदाँ पनिः सडकको बिचमा भएको विद्युतको पोल हटाईएको छैन भने उक्त सडकमा भएको त्यस्तो अवस्थाको सडकको प्राविधिकहरुका तर्फबाट कुनै खोट पनि औल्याईएको छैन ।

उक्त मोटरमार्ग निर्माण समितिका अध्यक्ष नारायण सापकोटासग सम्पर्क गर्दा विद्युत प्राधिकरणलाई सडकको बिचबाट पोल हटाउन आग्रह गर्दा २० हजार आवश्यक पर्ने बताउनुभएको र पैसा नहुदाँ पोल हटाउन नसकिएको बताउनुभएको छ ।

यसरी सडकको बिचमा पोल हुदाँ सवारी दुर्घटना पर्न सक्ने प्रचर सम्भावना रहेको सर्वसाधारणको भनाई छ । २३ लाख रुपैयाको लागतमा गरिएको उक्त पिच सडकको बिचमा पोल हुदाँहुदै प्राविधिक परिक्षणमा कसरी सम्पन्न गरियो सर्वसाधारणले जिज्ञासा राखेका छन् ।