सत्य शक्ति भगवानको जन्मोत्सव सम्पन्न

  • ख-
  • ख+

तनहूँ । मंसिर १५ । वाग्मती प्रदेशको भक्तपुर सल्लाघारीमा मुख्य मन्दिरका प्रमुख श्री सत्यशक्ति दैव्यू भगवान्को जन्मोत्सव तनहूँको डुम्रेमा भव्य रुपमा मनाईयो ।
बन्दिपुर गाउपालिका वडा नं. १ डुम्रेबजारमा रहेको श्री शत्य शक्ति दैव्यू भगवानको मन्दिरमा परिसरमा मंसिर १५ गतेका दिन सत्यशक्ति भगवानको जन्मोत्सवका अवसरमा आरति तथा पुजाआजा गरिएको थियो । उक्त अवसरमा भक्तजनहरु भेला भई सत्यशक्ति, महाशक्ति, सर्वशक्ति दैव्यू भगवान् शक्ति भगवानको सम्झनामा लागि पुजापाठ गरिएको थियो ।
सत्य शक्ति दैव्यु भगवानको जन्मोत्सव कार्तिक पुर्णिमाका दिन मनाउने गरिएकोमा यसपटक कार्तिक महिनामा मलमासका परेको हुनाले मंसिर महिनाको कार्तिक पुर्णिमाको दिनमा मनाइएको उक्त मन्दिरको संरक्षक तथा पुजारी गुरुमा लक्ष्मी बानियाले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्