वेदव्यास वैदिक सनातन धर्म शास्त्र अनुसन्धान प्रतिष्ठानको आयोजनामा दमौलीमा रक्तदान कार्यक्रम हुदै

  • ख-
  • ख+

तनहूँ । वेदव्यास वैदिक सनातन धर्म शास्त्र अनुसन्धान प्रतिष्ठान व्यास १ को आयोजनामा तनहुँ दमौलीको अनसन चौतारीमा रक्तदान कार्यक्रम हुदैछ । गुरूपुर्णिमा एवं ध्यानाचार्य सदगुुरू खेमराज अधिकारी (प्रकाश) को जन्मोत्सव अवसरमा प्रतिष्ठानले गर्न लागेको कार्यक्रममा स्वयं ध्यानाचार्य सदगुुरू खेमराज अधिकारी (प्रकाश) ले रक्तदान गर्न गईरहनुभएको छ । यसपटक रक्तदान गरेपश्चात उहाँले रक्तदान गरेको १ सय पटक पुग्ने प्रतिष्ठानले जनाएको छ ।
‘हामीले रक्तदान दान गरौं र अमुल्य जीवन बचाउन योगदान गरौं भनेर नै मैले रक्तदान जस्तो पुनित कार्य गर्न गईरहेको र यो पटक रक्तदान पश्चात मैले रक्तदान गरेको १ सय पटक पुग्दैछ” ध्यानाचार्य सदगुुरू खेमराज अधिकारी (प्रकाश) ले बताउनुभएको छ साथै ‘‘रक्तदान जीवनदान हो, यो बरावरको अन्य पुन्य अरू केही हुनै सक्दैन त्यसैले हामीलाई विश्वास छ परमपिता परमेश्वरको काखसगसँगै सबैको यहाँहरूको साथ हामीमा रहन्छ त्यसैले पनि सबैलाई रक्तदान कार्यमा सहभागी हुन” पनि उहाँले अपिल गर्नुभएको छ ।

असार ३० गते दमौलीको अनसन चौतारीमा बिहान ७ बजेदेखि ११ बजेसम्म हुने कार्यक्रममा रक्तदान गर्न ईच्छुक महानुभावहरुले आजदेखि नै नाम टिपाउन सक्ने पनि उक्त प्रतिष्ठानले जनाएको छ ।

थप जानकारीको लागि सम्पर्क नम्बरः ९८४६०४०३२९, ९८४६०४०४२५ र ९८५६०६०३३२

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?