सहयोगको अपिलः घरमुली कतारको जेलमा ६ जनाको परिवार भोकभोकै

  • ख-
  • ख+

तनहूँ । मान्छे मारेको अभियोगमा विगत डेढ बर्षदेखि कतारको जेलमा सोनाम लो तामागंको परिवारको लागि कतारमा रहेका विभिन्न व्यक्तिहरुले सहयोगको अपिल गर्नुभएको छ । हेटौंडा जिल्ला स्यानो गढी २ अमृतपानी सोनाम लो तामाङ ज्यान मारेको अभियोगमा कतारको जेल जीवन बिताइ रहेका छ्न भने घरमा उनकी श्रीमती वविता दिर्घरोगी रहेकी छिन् । ६ जनाको बस्नको लागि टहरो भएकोले घाम पानी ओत्न गारो परिरहेको छ । आफ्नो खेतवारी नभएको हुनाले खेती गरेर खाने अवस्था नभएको हुनाले रोगी ववितासहित अन्य परिवारलाई बचाउनको लागि पहल गर्नुभएका तनहूँ जिल्ला भानु – १२ सिरुवारी र हाल कतारमा कार्यरत महेन्द्र थापा र लम्जुगं जिल्ला मध्यनेपाल नगरपालिका वडा नं. १ जिताका अशोक थापाले सहयोग गरिदिनुहुन सबै मनकारी मनहरुलाई अपिल पनि गर्नुभएको छ ।

घरमुली कतारको जेलमा ६ जनाको परिवार भोकभोकै भएको हुनाले उहाँलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले वविता तामागंको मोवाईल नम्बर ९८६१ ६१२८७२ मा सम्पर्क गरेर सहयोग गर्न पनि उहाँहरुले आग्रह गर्नुभएको छ ।
थापाद्धयले उक्त परिवारलाई खानाको व्यवस्था गर्नको लागि विभिन्न व्यक्ति तथा संघ संस्थाहरुबाट सहयोग संकलन शुरु गरिएको पनि बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्