चार्ल्स बने बेलायतका राजा

  • ख-
  • ख+

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएपपछि उनका जेठा छोरा चार्ल्स राजा बनेका छन् ।

७३ वर्षीय चार्ल्स, प्रिन्स अफ वेल्स, रानी एलिजाबेथ द्वितीय र एडिनबर्गको ड्यूक प्रिन्स फिलिपको जेठो छोराको रूपमा ब्रिटिश सिंहासनको उत्तराधिकारी थिए ।  

उनी कुनै समारोहको आयोजना नगरी आमाको निधनपछि स्वतः राजा बनेका हुन् ।

बिहीबार एलिजाबेथको स्वास्थ्यकाबारेमा गम्भीर चिन्ताहरू व्यक्त हुँदै गर्दा उनको परिवारका सदस्यहरू उनी रहेको स्कटल्याण्डस्थित निवासमा भेला भएका थिए।

पछि बकिंघम दरबारले रानीको निधन भएको पुष्टि गरेको थियो ।

महारानी एलिजाबेथले सन् १९५२ मा गद्दी सम्हालेकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्