भानु खरिपानीका मोतिलाल श्रेष्ठले मनाउनुभयो ९५ औं जन्मदिवस

  • ख-
  • ख+

तनहूँ । भानु नगरपालिका वडा नं. ८ खरिपानीका जेष्ठ नागरिक मोतिलाल श्रेष्ठले शनिवार आफ्नो ९५ औं जन्मदिवस मनाउनुभएको छ । बिक्रम सम्वत् १९७४ सालमा खरिपानीमा नै जन्मनुभएका श्रेष्ठले परिवारको उपस्थितिमा आफ्नो जन्मदिवस मनाउनु भएको हो ।
कान्छा छोरा ईच्छाकुमार श्रेष्ठसग बस्नुभएका ९५ बर्षिय श्रेष्ठले ”परिवारको ईच्छा पुरा गर्न जन्मदिनमा पहिलो पठक केक काटेर मनाएको ” ९५ बर्षिय श्रेष्ठले बताउनुभएको छ ।
”पुर्ण रुपमा स्वस्थ्य रहनुभएका आफ्ना हजुरबुबाको ९५ औं जन्मदिवस मनाउन पाउदा सबै परिवार सारै खुशी भएको र सदा सदा मनाईरहन पाउँ भनेर उहाँको दिघार्युको कामना गरेको” उहाँका नाति प्रदिप श्रेष्ठले बताउनुभएको छ ।
२ छोरा कमलनारायण श्रेष्ठ र ईच्छाकुमार श्रेष्ठ , २ छोरीहरु, ६ नाति, ४ नातिनी, ५ पनाति र ३ पनातिनीका अभिभावक श्रेष्ठकी अर्धांगिंनीको २०६१ सालमा स्वर्गारोहण भईसकेको छ ।
सर्वज्योति डट कम् ( sarbajyoti.com ) परिवार ९५ बर्षिय श्रेष्ठको सुस्वास्थ्य एवं दिघार्युको कामनाका साथै जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?