तनहूँ । व्यास नगरपालिका ११ रानीगाउँमा युवाहरुको सक्रियतामा रोंटे पिगं निर्माण गरिएको छ । व्यास ११ रानीगाउँ स्थित दरै समाजको भवन मा ३२ बर्षपछि सुन्दरी सामुदायिक वन उपभोक्ता समिती अध्यक्ष बिष्णु बहादुर पोख्रेलको नेतृत्व रस्थानियहरुको सक्रियतामा उक्त पिंग निर्माण गरिपछि स्थानिय मासिनसहरु तथा अन्य स्थानका मानिसहरु पनि पिंग खेल्न आउने गर्नुभएको छ । दशैको समयमा झरि परेपनि आकाश खुल्नासाथ मानिसहरु पिंग खेल्न झुम्मिने गरेको पाईएको छ ।
”चाडपर्वको समयमा पहिलाको पुस्ताले चाडपर्वमा मनोरन्जनको लागि प्रयोग गर्ने गरेका पिंगहरुको प्रचलन हराउदै गएको र आफ्नो संस्कार र संस्कृति जिवित राख्नुपर्छ भनेर हामीले यो पिंग निर्माण गरेका हौ” सुन्दरी सामुदायिक वन उपभोक्ता समिती अध्यक्ष बिष्णु बहादुर पोख्रेलले बताउनुभएको छ साथै ”बिशेषगरि दरै समाजका सदस्य र अन्य स्थानियको सक्रियतामा स्थानिय दरै समाजका सदस्यहरुको सिप र साधन प्रयोग गरर पिंग बनाएकोले पनि हाम्रो लागि गर्वको कुरा भएको ” पोख्रेलको भनाई रहेको छ ।








