ऋषिगं ८ का वडा अध्यक्ष भरतकृष्ण श्रेष्ठद्धारा खाद्यान्न तथा आर्थिक सहयोग

  • ख-
  • ख+

तनहूँ । ऋषिङ गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष भरतकृष्ण श्रेष्ठले निजी खर्चमा ऋषिगं वडा नं. ८ का ९ परिवारलाई खाद्यान्न सहयोग गर्नुभएको छ ।

”समाजमा वसेपछि असहाय, एकल महिलालाई चामल वितरण गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको हुनाले आफ्नो वडामा भएका केहि असहाय तथा एकल महिलालाई मिलमा कुटिएको राम्रो चामल प्रति परिवार १ बोरा सहयोग गरेको” श्रेष्ठले बताउनुभएको छ ।

”आर्थिक अवस्था कमजोर भएका परिवारलाई यसरी खाद्यान्न उपलब्ध गराउदाँ राहत पुग्ने” श्रेष्ठद्धारा उपलब्ध गराईएको चामल बुझ्ने एक महिलाले बताउनुभएको थियो ।
”आफुले केहि परिवारलाई चामल सहयोग गरेको भएपनि अब विस्तारै विस्तारै आफ्नो वडा तथा गाउँपालिकामा भएका असहाय, एकल महिला र आर्थिक अवस्था कमजोर भएकालाई खाद्यान्न तथा अन्य सहयोग उपलब्ध गराउने आफ्नो योजना रहेको” श्रेष्ठले बताउनुभएको छ साथै श्रेष्ठले कार्तिक महिनामा आफुले प्राप्त गरेको बैठक भत्ता ५ हजार रुपैया दुईघरे गुठी समुह ऋषिगं ८ लाई सहयोग गर्नुभएको छ ।

उक्त कार्यक्रममा निवर्तमान् वडा सदस्य भरतकुमार श्रेष्ठ र अन्य महानुभावहरुको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्