आज तराईमा बाक्लो हुस्सु, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

  • ख-
  • ख+

आज पनि मौसममा आंशिक बदली भएको छ । तराईका केही भू – भागमा हुस्सु । कुहिरो लागेको अवस्था छ ।

आज दिउँसो बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू – भागमा आंशिकदेखि सामान्य बदली हुनेछ भने बाँकी भू – भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहनुका साथै हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शनिबार राति पनि प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज तराईका केही ठाउँमा बाक्लो हुस्सु लागेकोले सवाई र सडक यातायात प्रभावित भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?