सुन्दरबजारमा खुल्ला ठाडोभाका तथा बाघचाल प्रतियोगिता हुदै

  • ख-
  • ख+

सुमित्रा पौडेल पोखरेल ”बनिशा” । सुन्दरबजार, लम्जुगं । लम्जुगंको सुन्दरबजार नगरपालिकामा खुल्ला ठाडोभाका तथा बाघचाल प्रतियोगिताको आयोजना हुन गईरहेको छ । माघ १९ देखि २१ सम्म हुने प्रतियोगितामा एक समुहमा महिला र पुरुष ३। ३ जना हुनुपर्नेछ ।

”लोक संस्कृतिको उत्थान हाम्रो अभियान” भन्ने नाराका साथ आयोजना गर्न लागिएको ठाडो भाका प्रतियोतिगामा विजयीहरुलाई नगद पुरस्कारको पनि व्यवस्था गरिएको छ । उक्त ठाडो भाका प्रतियोगितामा प्रथम हुने समुहलाई ४० हजार, द्धितिय हुनेलाई २५ हजार, तृतियलाई १५ हजार र सान्त्वना पुरस्कार १० हजार रुपैया पुरस्कार प्रदान गरिनेछ । त्यसैगरि बाघचाल प्रतियोगितामा विजयी प्रथमलाई १० हजार , द्धितियलाई ७ हजार, तृतियलाई ५ हजार र सान्त्वना पुरस्कार २५ सय रुपैया प्रदान गरिनेछ । उक्त प्रतियोगतामा सहभागी हुन आउने ठाडोभाकाका सहभागी टिमलाई ३ हजारका दरले बाटो खर्च पनि प्रदान गरिनेछ ।

(सुमित्रा पौडेल पोखरेल ”बनिशा”)

सुन्दरबजार नगरपालिका वडा नं. ८ सिँउडिबारमा आयोजना हुने प्रतियोगिताको आयोजक ठाडोभाका लोककला नेपाल लम्जुगं रहेको छ भने प्रर्वद्धकमा सुन्दरबजार नगरपालिका रहेको छ । कार्यक्रमको स्थानिय सहयोगीको रुपमा समताँ तमु समाज सिँउडिबार रहेको छ ।

उक्त प्रतियोतिगामा सहभागी हुन चाहने समुह तथा व्यक्तिले माघ १८ गते साँझसम्म आफ्नो नाम र टिमको नाम दर्ता गराईसक्नुपर्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?