दमौलीको अमरापुरी, पुलचोकमा चन्दा सङ्कलन गरी शिव मन्दिर निर्माण

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका–२ स्थित अमरापुरी पुलचोकमा स्थानीय धार्मिक व्यक्तित्वको सक्रियता इशानेश्वर शिव मन्दिर निर्माण गरिएको छ । मन्दिरमा नाग र शिवको मूर्ति राखिएको छ । अमरापुरी पुलचोक टोलविकास सस्थाको नेतृत्वमा इशानेश्वर महादेव मन्दिर व्यवस्थापन समिति गठन गरी मन्दिर स्थापना गरिएको हो ।
टोलमा आध्यामिक सन्देश दिन तथा सुन्दरताको मन्दिर स्थापना गरिएको टोल विकास सस्थाका कर्णबहादुर खड्काले बताउनुभयो । मन्दिर निर्माणको लागि मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हर्षनारायण कायस्थ तथा उहाँको धर्मपत्नी लक्ष्मी कायस्थले ८५ हजार पाँच सय ५५ रुपियाँ गर्नु भएको खड्काले जानकारी दिनुभयो । करीब २ लाख ५० हजार खर्च गरी मन्दिर निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव सङ्गिता अधिकारीले जानकारी दिनुभयो । मन्दिरको एक कार्यक्रमकाबीच शिवरात्रीको अवसरमा शनिबार व्यास नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष काशीराम श्रेष्ठले उद्घाटन गर्नु भयो । सो अवसरमा वडाध्यक्ष श्रेष्ठ चन्दा सङ्कलन गरी मन्दिर निर्माण गरिनु उदाहरणीय काम भएको बताउनुभयो । विकासको लागि सरकारको मात्रै मुख ताक्नु पर्दै भन्ने सन्देश मन्दिर निर्माणबाट भएको उहाँले उल्लेख गर्नुभयो । वडाध्यक्ष श्रेष्ठले हाल घाटमा टेन्डर नलाग्नु तथा जग्गा वर्गिकरणको कामले गर्दा मालपोतबाट प्राप्त हुने राजस्व प्रभावित भएकोले विकासको काम प्रभावित भएको बताउनुभयो । साथै उहाँले त्यस क्षेत्रको विकासको लागि सधैं ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वडा सदस्य सुरेश वाग्लेले जहाँका मानिस विकासको लागि सक्रिय हुन्छन् त्यही क्षेत्रमा छिटो विकास हुने बताउनुभयो । त्यो क्षेत्रमा आवत जावतको लागि सहज बनाउन सडक कालोपत्रे गर्ने कार्यलाई प्राथमिकता दिएको बताउनुभयो । मन्दिरको शनिबार विधिपूर्वक प्राण प्रतिष्ठा गर्नुको साथै लाखबत्ति समेत बालिएको छ । शनिबार रातभर जाग्रम बस्ने, बक्ति बाल्ने कार्यक्रम पनि राखिएको समितिले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्