व्यास ५ को दिवाकालिन जेष्ठ नागरिक आश्रम वृद्धवृद्धाको चौतारी वन्दै

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वड नं ५ मा रहेको भवन संकिर्तन समुहद्धारा संचालित दिवाकालिन जेष्ठ नागरिक आश्रम वृद्धवृद्धाको चौतारी वन्दै आएको छ । हाल दिवाकालिन सेवा मात्र दिईरहेको आश्रममा त्यस क्षेत्र वरपरको वृद्धवृद्धा जमघट हुने रमाउने, खेल्ने, खाने गाउने, नाँच्ने स्थलको वनेको छ ।

विशुद्ध रुपमा वृद्धवृद्धालाई आश्रय दिने मनसाय स्वरुप स्थापना गरेको आश्रममा हाल आएर दैनिक ५० औ जना वृद्धवृद्धाहरु जम्मा भएर भजन गाउने, नाँच्ने, वजाउने, खेल्ने गरेका आश्रमका अध्यक्ष विष्णु गौतमले वताए । वृद्धवृद्धाको सम्मान र अभिरुची अनुरुप जीवन विताउनका लागी हामीले वृद्धवृद्धालाई आश्रममा विभिन्न संगीतका समानहरु मार्फत मनोरन्जन दिने गरेका छौ । वृद्धवृद्धाहरु दैनिक आएर विभिन्न भजन किर्तन गर्ने गाउने, वजाउने गर्नुहुन्छ, हाम्रो उद्येश्य यहि नै हो । वृद्ध आमावुवालाई दिउँसोको समान्य खाजाको पनि व्यवस्था गरेका छौ, जसले गर्दा उनिहरुमा खेल्ने र रमाउने वातावरण वनेको अध्यक्ष गौतमले वताए ।

यसैगरि जेष्ट नागरिक आश्रममा विभिन्न व्यक्तित्वहरुले शुभ जन्मोत्सवको अवसरमा आएर त्यहाँको वृद्धवृद्धालाई निशुल्क भोजन गराउदै आएको समेत अध्यक्ष गौतमले वताए । यु यस ट्रेडिङ विजनेश हाउसको संचालक श्री कृष्ण अधिकारी, मनोज अधिकारी, वडा नं ५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमाल, लक्ष्मी राज भट्टले शुभजन्मोत्सवको अवसर पारेर आश्रममा मनाएका थिए भने निजहरुले वृद्धवृद्धाका लागी भोजनको व्यवस्था समेत गरेका थिए ।

आश्रममा वृद्धवृद्धाको मनोरन्जनका लागी दैनिक भजन किर्तन समेत हुने गरेका छ । शनिवार सिन्धु नेपालटार सास्कृतिक समुहले आश्रममा आई भजन प्रस्तुत गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्