दमौलीमा बौद्धिक अपाङ्गता भएका व्यक्ति र अभिभावकहरुको लागि वास्नादार बटारे धूप बनाउने तालिम समापन

  • ख-
  • ख+

तनहूँ । सहृदयी मन्च तनहूँ नेपालको आयोजना तथा सामाजिक विकास तथा स्वास्थ मन्त्रालय गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा बौद्धिक अपाङ्गता भएका व्यक्ति र अभिभावकहरुको लागि वास्नादार बटारे धूप बनाउने तालिम संम्पन्न भएको छ ।

फागुन २५ गतेदेखि २८ गतेसम्म सन्चालन भएको तालिमको समापन व्यास नगरपालिकाको उप प्रमुख इन्दिरा दरैले गर्नु भएको होे । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि दरैले ”अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक सशक्तिकरणका लागि आगामी दिनमा व्यास नगरपालिकाले सीपमूलक तालिमहरुको सञ्चालनको लागि पहल गर्ने” बताउनुभएको थियो ।

कार्यक्रममा अपांगता अधिकारकर्मी मदन पौडेल, तनहूँ बहिरा संघका अध्यक्ष राजन रानाभाट, अपांगता महिला सशक्तिकरण समाज तनहूँकी सचिव सीता देवी कुवर, तनहूँ नेत्रहीन सघका कोषाध्यक्ष तारा कुमारी पोख्रेल, रिसेडका कोषाध्यक्ष शोभा लम्साल र बन्दिपूर अपांगता समन्वय समितिका सदस्य एवम् सहृदयी मन्च तनहूँ नेपालका सल्लाहकार कृष्ण बहादुर थापाको उपस्थिति रहेको थियो ।

तालिमका सहभागी उर्मिला आचार्य र निर्मला घिमिरेले ”अपांगता भएका व्यक्तिहरुको आर्थिक सशक्तिकरणमा यो तालिम पश्चात बौद्धिक अपांगता भएका व्यक्तिहरु संगठित भई उत्पादन भएको धूपको बजारीकरण गर्न सफल हुनेछन् ”भन्ने बताउनुभएको थियो । । उक्त तालिम समापन कार्यक्रमको अध्यक्षता सहृदयी मन्च तनहूँ नेपालकी अध्यक्ष सावित्री सुवेदीले गर्नुभएको थियो भने स्वागत सहृदयी मन्च तनहूँ नेपालका कोषाध्यक्ष कल्पना भण्डारी, धन्यवाद सहृदयी मन्च तनहूँ नेपालका उपाध्यक्ष निर्मला श्रेष्ठ र सञ्चालन सचिव कृष्ण थापाले गर्नु भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्