चर्को कर विरुद्ध दमौलीका होटल व्यवसायीहरु आन्दोलित

  • ख-
  • ख+

तनहूँ । तनहूँ दमौलीका होटल व्यवसायीले व्यास नगरपालिकाले लिने गरेको व्यवसाय कर चर्को भएको भन्दै विरोध जनाएका छन् । तनहूँ होटल व्यवसायी सङ्घले आर्थिक मन्दीका बेला पनि नगरपालिकाले चर्को कर असुलेको भन्दै तिर्न नसक्ने जनाएको छ ।

सोमबार बसेको व्यवसायीको भेलाले व्यवसाय कर अत्याधिक भएको र आर्थिक मन्दीका कारण तिर्न गाह्रो भएको निष्कर्ष निकालेको छ । व्यवसाय कर चर्को हुनुका साथै फरक फरक पाइएकोले पुरानै कर कायम गर्न आग्रह गरिएको सङ्घका अध्यक्ष दुर्गाविलास भट्टराईले बताउनुभयो ।

नगरपालिकाले करमा पुर्नविचार नगरेसम्म सङ्घले अर्को सूचना जारी नभइन्जेल कर नतिर्ने निर्णय गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्