अर्कैका छोराछोरीलाई नागरिकता दिलाउन खोजेको आरोपमा दम्पती पक्राउ

  • ख-
  • ख+

१८ असार, बुटवल । झुटो विवरण पेश गरेर नागरिकता दिलाउने प्रयास गरेको आरोपमा बुटवलमा दुई जना पक्राउ परेका छन् ।

बुटवल उपमहानगरपालिका–१ का ४३ वर्षीय रमेश कशौधन र उनकी पत्नी ४२ वर्षीया सीतालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको इलाका प्रशासन कार्यालय बुटवलका सूचना अधिकारी विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए ।

उनीहरुले आफूसँग सम्बन्ध नभएका दुई जनालाई छोरी र एक जनालाई छोरा भनी नागरिकता बनाइदिन खोजेको आरोप छ । नागरिकता बनाउन इलाका प्रशासन कार्यालय बुटवलमा आइतबार पुगेका उनीहरुलाई झुटो विवरण पेश गरेको सूचनाको आधारमा नियन्त्रणमा लिएको सूचना अधिकारी ज्ञवालीले बताए ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । नागरिकता बनाउनेहरु कशौधन दम्पतीकै छोरा छोरी हुन् भनी बुटवल उपमहानगरपालिका–१ का वडाध्यक्ष नरेन्द्र बस्नेतले सिफारिस गरेको देखिएको छ । अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्