प्रधानमन्त्री पत्नी सीता दाहालको निधनः पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाडामा राखिने

  • ख-
  • ख+

काठमाण्डौ । असार २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको निधन भएको छ । लामो समयदेखि पार्किन्सन रोगबाट पीडित दाहालको बुधबार विहान साढे ८ बजे निधन भएको अस्पतालले विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।

दाहालको स्वास्थ्य झनै गम्भीर बनेपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

दाहाललाई पार्किन्सनजस्तो देखिने एक प्रकारको जटिल रोगले लामो समयदेखि सताएको थियो । दाहाललाई देखिएको जटिल रोगलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ ।
उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान ११ देखि १ बजेसम्म केन्द्रीय कार्यालय पेरिसडाडामा राखिने बताईएको छ ।

उहाँको आजै दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्