दक्षिण अमेरिकामा बन्धक बनाइएका ३ नेपाली महिलाको उद्धार गर्न राष्ट्रिय महिला आयोगको पत्राचार

  • ख-
  • ख+

काठमाडौं । दक्षिण अमेरिकामा बन्धक बनाइएका नेपाली महिलाको उद्धार गर्नका लागि राष्ट्रिय महिला आयोगले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

आयोगका अध्यक्ष कमला पराजुलीले परराष्ट्रमन्त्री एनपी साउँदलाई पत्राचार गर्दै दक्षिण अमेरिकाको ट्रिनिडाड एण्ड टोवागोमा तीन महिला बन्धक बनाइएकाले उनीहरुको उद्धार गर्न अनुरोध गरेकी हुन् ।

आयोगले पत्राचार गरे लगत्तै मन्त्रालयले यस विषयमा मन्त्रालय र वासिङटन डिसीमा रहेको नेपाली राजदूतावासविच सन्देश र अद्यावधिक जानकारी एवम थप सूचना आदानप्रदान भइरहेको जनाएको छ ।

साथै मन्त्रालयले आयोगको पत्र प्राप्त गरे लगत्तै कुटनीतिक नियोगमा भए गरेका प्रयासबारेमा जानकारी गराउन वासिंङटन डिसीमा रहेको नेपाली राजदूतावासलाई निर्देशन पनि दिएको छ ।

नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्