हज यात्राका लागि आवेदन खुला

  • ख-
  • ख+

काठमाडौं । सन् २०२४ मा हज गर्न साउदी अरबको मक्का मदिना जान चाहनेहरुका लागि आवेदन खुलेको छ ।

गृह मन्त्रालय मातहतको नेपाल हज समितिले सूचना सार्वजनिक गरी आज साउन ३० गतेदेखि असोज ३० गते भित्र आवेदन दिन आह्वान गरेको हो ।

नेपाल हज समितिका कार्यवाहक अध्यक्ष मकबुल मियाँका अनुसार आवेदन फारम नेपाल हज समितिको सचिवालयको वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ । सो फारम भरेर आफ्नो स्थायी ठेगाना रहेको जिल्ला प्रशासन कार्यालयमा पहिलो किस्ताबाफत १ लाख ५० हजार रुपैयाँ बुझाई आवेदन दिन सकिन्छ ।

आवेदनका साथ नेपाली नागरिकताको प्रमाणपत्रको फोटोकपी, राहदानीको फोटोकपी, पहिलो किस्ता बापत १ लाख ५० हजार रुपैयाँ हज समितिको बैंक खातामा जम्मा गरेको सक्कल भौचर, कोभिड-१९ विरुद्ध पूर्ण खोप लगाएको प्रमाणपत्र र आवेदकको बैंक खाताको चेकको फोटोकपी पनि पेस गर्नुपर्ने छ ।

सन् २०२४ मा नेपालबाट १ हजार २०० जना इस्लाम धर्मावलम्बी हज गर्न जान पाउने गरी साउदी अरब सरकारले कोटा तोकिदिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्