छालाको चाउरीपना कसरी कम गर्न सकिन्छ ?

  • ख-
  • ख+

डा. श्रुजना श्रेष्ठ /अनुहारमा चाउरीपना देखिनुका धेरै कारण छन्। त्योमध्ये पहिलो त उमेर नै हो। उमेर बढेसँगै छाला तन्किने क्रम घट्दै जान्छ।जसले गर्दा छालामा लाइन देखिँदै जान्छ। अर्को कारण चर्को घाम हो। चुरोट सेवन लागयतले पनि चाँडै छाला चाउरी पर्छ।

आफ्नो आनीबानीले धेरै प्रभाव पारेको हुन्छ। समयमा खाना खाने, समयमै सुत्ने, स्वस्थ खाना खाने अनि व्यायाम गर्ने भएमा छालाको चाउरीपना कम हुन्छ। योसँगै छालाको हेरचाह पनि गरियो भने छालामा चमक आउने हुन्छ। छाला चाउरी पर्ने कारण उमेर मात्रै होइन। शरीरमा पौष्टिक तत्वको कमी भयो, तनाव धेरै भयो भने उमेरभन्दा चाँडै छाला चाउरी पर्छ।

चाउरीपना भनेको प्राकृतिक प्रक्रिया हो। तर यसलाई आफ्नो आनीबानीले ढिलो बनाउन सकिन्छ।

उपचार गरेर पनि छालाको चाउरीपना कम गर्न सकिन्छ। त्यस्तै भइसकेको चाउरीपनलाई हटाउने समेत प्रविधि छन्।

चाउरीपना रोक्ने सबैभन्दा महत्वपूर्ण सनस्क्रिन क्रिम हो। यसको प्रयोग सधैं गर्नुपर्छ। क्रिमको प्रयोगले मात्रै पनि छालाको चाउरीपना रोक्न धेरै सहयोग गर्छ। घाम नलागेको बेलामा घामको असर पर्दैन भन्ने लाग्छ तर त्यस्तो हुँदैन। घरमै बस्दा पनि सनस्क्रिन क्रिम लगाउनु पर्छ। सकेसम्म २र२ घण्टामा यसको प्रयोग गर्नुपर्छ। तर बिहान लगाएर दिनभरी हुन्छ भन्ने होइन।

आफ्नो अनुहार चम्किलो देखाउन सबैलाई मन हुन्छ। त्यसको लागि खानपिन, व्यायाम र रहनसहनमै ध्यान दिनुपर्छ। समय समयमा छाला रोग विशेषज्ञकहाँ देखाउनु पर्छ। त्यस्तो गरियो भने आफ्नो लागि कुन खालको क्रिम मिल्छ भन्ने थाहा हुन्छ। अनुहारको दाग, चाउरीपना लगायतका समस्याको उपचार गर्नका लागि जुनसुकै ब्युटी पार्लर गएर हुँदैन। यसले शरीरलाई थप हानी समेत गर्छ।

(छाला रोग विशेषज्ञ डा. श्रुजना श्रेष्ठ एब्सोल्यूट एस्थेटिक महाराजगंज र ललितपुरमा कार्यरत छन्।)
सेतोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्