लियो क्लल अफ् तनहूँको आयोजनामा बृद्दाश्रममा तिजको दर खाने कार्यक्रम आयोजना

  • ख-
  • ख+

तनहूँ । लियो क्लब अफ् तनहूँको आयोजनामा दमौलीको वृद्धाश्रममा दर खाने कार्यक्रम सम्पन्न गरियो । व्यास ५ पाटन स्थित राष्ट्रिय परोपकार जेष्ठ नागरिक चौतारी वृद्दाश्रममा प्रत्येक वर्षजस्तै यस वर्ष पनि हरितालिका तिज बिशेष एवं दर खाने कार्यक्रम आयोजना गरिएको हो । तिज तथा दर खाने दिनको अवसर पारेर आश्रममा रहनुहुने जेय्ठ नागरिकहरुसग खुसी साटासाट गर्ने आफुहरुको उद्देश्य रहेको आयोजकहरुको भनाई रहेको छ ।

लियो क्लब अफ् तनहूँकी अध्यक्ष बसन्ति थापाको अध्यक्षता भएको कार्यक्रममा व्यास नगरपालिकाकी उपप्रमुख ईन्दिरा दरै प्रमुख अतिथि रहनुभएको थियोे ।
उक्त कार्यक्रममा बिशिष्ठ अतिथि लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ एल नेपालका district senior AOG लायन श्री भद्र खनाल, Zone Chairperson लायन बिमला श्रेष्ठ, लायन्स क्लब अफ तनहूँका अध्यक्ष लायन किशोर राज खनाल, लायन्स क्लब अफ तनहूँ सन्यबतीका अध्यक्ष लायन रामशोभा श्रेष्ठ, लियो जिल्ला परिषद ३२५ एल नेपालका सचिब लियो सुनिल मिश्र, जिल्ला अध्यक्ष सल्लाहकार लियो प्रवेश पोख्रेल, रिजन धौलागिरीका कोर्डिनेटर तथा लियो क्लब अफ तनहूँका निवर्तमान अध्यक्ष लियो महम्मद गफ्फार, क्लबका पुर्व अध्यक्ष लियो युवराज भण्डारी, लियो क्लब अफ तनहूँ सत्यबतीकी अध्यक्ष रोजिता क्षेत्रि, लियो क्लब अफ तनहूँ निर्मल अल्फाका अध्यक्ष लियो पृतम उप्परकोटी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको संयोजक क्लबका टेमर लियो प्रकाश गुप्ताले गर्नु भएको थियो भने कार्यक्रममा धन्यवाद मन्तव्य क्लबका पुर्व अध्यक्ष लियो युवराज भण्डारीले व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रमको सहजीकरण क्लबका सचिब लियो मुकेश बिडारीले गर्नु भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्