मानिस संसारको सबैभन्दा चेतनशिल प्राणी हो । मानिसका विभिन्न ईच्छा, आकांक्षा र सपनाहरु हुन्छन् । तिनै ईच्छा, आकांक्षा र सपनाहरु पुरा नहुदाँ मानिसमा तनाव उत्पन्न हुदै जान्छ र कालान्तरमा उक्त तनावलाई व्यवस्थापन (म्यानेजमेन्ट) गर्न नसक्दा मानिस समस्याको चंगुलमा फस्न पुग्दछ ।
यो संसारमा असम्भव भन्ने कुरा केहि छैन तैपनि मानिसले आफ्नौ हैसियत हेरेर आफ्ना ईच्छा, आकांक्षाहरु पाल्नुपर्दछ । संसारमा धेरै गरिब मानिसहरु मेहनत गरेर धनि बनेका प्रशस्त उदाहरणहरु छन् । अपागंले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । साधारण सरकारी विद्यालयमा अध्ययन गरेका मानिसहरु ठुला ठुला सरकारी पदहरुमा पुगेर नाम कमाएका छन् त्यसो भन्दैमा सबै मानिस सफल हुन्छन् भन्न सकिदैन । फलानो पनि गरिब थियोे उ आज कति सफल भयो, भनी भयोख म किन नसक्ने ? फलानो त्यस्तो अपागं त सगरमाथाको चुचुरोमा पुग्यो म किन नसक्ने ? भनेर सोच्नु र त्यहाँ पुग्नको लागि त्यहि अनुरुपको मेहनत गर्नु पर्दछ । मनमा अनेक ईच्छा र आकांक्षाहरु पाल्ने अनि सोहि अनुरुप मेहनत नगर्ने अनि चिन्तामा फस्ने गरेका कारण नै आजकल धेरै मानिसमा तनााव बढाएको छ र तनावले निराशा बढेको छ ।
अर्कोतर्फ भौतिक शरिरलाई चाहिने पौष्टिक खानेकुराहरुको बदलामा बजारमा पाईने खानेकुराले पनि मानिसलाई रोगी बनाएर तनाव बढाउन महत्वपूर्ण भुमिका खेलेको छ । आफै खानेकुरा उत्पादन नगर्ने र बिषादीयुक्त खानेकुरा खाने गर्नाले शरिरमा रोगहरुले डेरा जमाउने मात्र होईन मानिसलाई आर्थिक क्षति पनि पुर्याएको छ । जस्को कारण मानिसहरु झनै निराशापुर्ण जिवन बिताउन बाध्य भएको देख्न पाईन्छ । तनावले मानिसलाई यतिसम्म विक्षिप्त बनाएको छ कि त्यहि तनाव व्यवस्थापन गर्न नसकेर मानिस आत्महत्या गर्न, समाजबाट पलायन हुन बाध्य भएको छ । मानिस तनावमुक्त भएन भने मानसिक रोगको शिकार हुने भएकोले तनाव घटाउदै निराशामुक्त जिवन बिताउन निम्न कुराहरुलाई पालना गर्नुपर्दछ ति हुन्ः
क) घाँटी हेरि हाँड निल्नु (Cut your coat according to your cloth )
समाजमा विभिन्न तह र तप्काका मान्छेहरु बस्ने भएको कारणले हामी देखेका छौ मानिसहरु आफ्ना सन्तानलाई डक्टर, ईन्जिनियर, पाईलट बनाउने सपना देखिरहेका हुन्छन् त्यस्को लागि नेपाल जस्तो मुलुकमा के कसरी सम्भव छ ? सो कुरालाई मनन गरि आफ्ना सन्तानलाई त्यहि अनुरुपमा अध्ययनशिल, लगनशिल बनाउन सकिएन भने त्यो ईच्छा, आकांक्षा, सपना पुरा गर्छु भन्नु एउटा मृगतृष्णा मात्र हुनेछ । त्यसैले आफ्ना सन्तानलाई सपना देखाउदा आफ्नो सन्तानको ईच्छा आकांक्षा के कस्तो छ ? पढाई कस्तो छ ? सन्तानले चाहेको कुरा आफुले पुरा गर्न सकिन्छ कि सकिदैन ? भन्ने कुरालाई मध्यनजर गर्नुपर्दछ ।
आफु र आफ्ना सन्तानको सपना पुरा गर्न सन्तानको शिक्षाको स्तर र आफ्नो आर्थिकस्तर हेरेर सपना देख्नुपर्दछ नत्र कालान्तरमा फष्ट्रेशन जन्मिन सक्दछ र त्यस्को कारण बच्चालाई मात्र होईन परिवारलाई पनि मानसिक आघात पुग्न सक्नेछ ।
ख) स्वस्थ्यकर खानपिनः
Health is Wealth मानेर अगाडि बढ्यो भने मानिस वर्तमान समयमा आफुमाथि पर्ने तनावबाट आधा मुक्ति पाउदछ । खानपिनमा ध्यान दिन सकिएन भने त्यस्ले रोग निम्त्याउदछ । रोग लागेपछि हुने आर्थिक क्षति त छदैछ मानिसको दैनिक दिनचर्यामा पनि असर गर्दछ । त्यसैले भविष्यमा आईपर्ने तनाव वा निराशालाई निराकरणको लागि शुरुवात देखि नै ध्यान दिनु जरुरी रहेको छ । रोग लागेर मानिस आर्थिकरुपमा कंगाल बन्यो भने जति निराशा नै व्यवस्थापन गर्छु भनेपनि गर्न सकिदैन त्यसैले त बेला बेलामा आत्महत्या गर्ने, अस्पतालको बेडबाट मानिस हराउने , मानिस मानसिक रोगी भएको हामीले देख्ने गरेका छौ । त्यसैले स्वस्थ्यकर खानपिनको वानी बसाल्नु जरुरी रहेको छ ।
ग) तडकभडक पूर्ण जिवन शैलीको अन्त्यः
भन्न त मानिसहरु २ दिनको जिन्दगी भने पनि जिन्दगी लामो छ त्यसैले जीवनमा निराशाले नछोवोस् भोलि पछुताउन नपरोस् भन्नका लागि तडक भडकपूर्ण जिवनशैली अपनाउनुहुदैन । सादा जिवन उच्च बिचारलाई अगिंकार गरेर अगाडि बढ्नुपर्दछ ।
घ). परिश्रम:
”भाग्यमा छ भन्दैमा डोकामा दुध दुहेर अडिदैन ” भनेझै एय मेरो त भाग्य नै गजब छ नि भनेर हात बाँधेर बस्यो भने जीवनमा निराशा शिवाय केहि प्राप्त गर्न सकिदैन त्यसैले आफुलाई परिश्रमी बनाउनु जरुरी छ । परिश्रम गरियो भने सफल भईन्छ सफल भईयो भने निराशाले छुन पाउदैन ।
ङ) अध्ययन र योगः
विभिन्न व्यक्तिहरुका जिवनी, प्रेरक प्रसंगहरु समेटिएका पुस्तकहरुको अध्ययनबाट पनि मनमा बढेका निराशाहरुलाई कम गर्न सकिन्छ भने योगबाट तनावलाई कम गराउन सकिन्छ ।
च) भावनाहरुलाई कन्ट्रोल:
निराशा बढेपछि के गरुँ र कसो गरुँ ? कहाँ जाउँ भन्ने विभिन्न भावनाहरु मनमा आउदछन् ति भावनाहरुलाई कन्द्रोल गदै पलायनका सोचहरु आएपनि त्याग्नुपर्दछ ।
छ) जे छ त्यसैमा सन्तुष्ट:
मेरो त कर्मै यस्तो भनेर होईन कि जे छ त्यहि कुरामा रमाउने बानी बसाल्पर्दछ । अरुको डाह गर्ने गरियो भने जिवनमा निराशाले झनै डेरा जमाउने हुदाँ जे छ त्यहिमा सन्तुष्ट बन्ने गर्नुपर्दछ ।
ज) सकारात्मक सोचः
बिहान उठ्नासाथ म ठिक छु भन्ने सोचेर सकारात्मक बन्नुपर्छ र समस्याबाट नभागि त्यसलाई समाधान गर्ने दिशामा अगाडि बढ्नुपर्छ ।
निराशाले घेरेपनि बिहान उठेर अब त केहि राम्रो गर्छु मेरो जीवनमा पनि त केहि राम्रो होला भनेर त्यसैअनुरुप काम गर्न थाल्नुपर्दछ ।
झ) सुख दुः ख सेयर गर्ने बानीः
आफुमा उब्जेका सुख दुः खका भावनाहरु प्रिवारका सदस्य, मिल्ने साथीलाई सेयर गर्नुपर्दछ र निराशाका भावनाहरु छन् भने त्यसबाट कसरी उम्कने त्यतातर्फ पाईला चाल्नुपर्छ न कि निराशालाई भित्र भित्र गुम्स्याएर राखेर डिप्रेसनलाई फल्नेफुल्ने मौका दिनुहुदैन ।
ञ) निन्द्राः
स्वास्थ्य र तनवमुक्त जीवनको लागि कम्तिमा दिनमा ८ घण्टा सुत्नु आवश्यकता भएकोले ८ घण्टा सुत्नुपर्दछ ।
ट) मन बहलाउनुपर्दछ:
हामीमा मनमा चिन्ता बढेपछि झोक्राएर बस्ने, एकान्तमा बस्ने चलन भएकोले सकेसम्म आफु बिजी हुनुपर्दछ र फुर्सदको समयमा मन बहलाउनको लागि रेडियो , टिभि, गीत संगीततिर ध्यान लैजानुपर्दछ र आफुलाई सम्हालेर राख्नुपर्दछ र सबैसग स्वभाविक तरिकाले प्रस्तुत हुनुपर्दछ ।
ठ) श्रृजनशिल काममा ध्यानः
उमेर अनुसार श्रृजनशिल र आम्दानी हुने काममा मन लगाउनुपर्दछ जस्को कारणले तनाव कम हुनाका साथै आर्थिक अवस्थामा पनि सुधार आउन सक्दछ जे कुराले आफुलाई निराशा बनाएको हो त्यो कुराबाट टाढा बसेपछि त्यो कुराको समाधान गरेपछि निराशा स्वतः हट्ने भएकोले निराशाको कारण पत्ता लगाएर त्यस्को समाधानको लागि पहल गर्नुपर्दछ ।
माथि भएका बुँदाहरुको पालना गरेकोे खण्डमा जिवनमा निराशाले डेरा जमाउने मौका पाउदैन र जिवन सहज र सरल हुन पुग्दछ । (पुनः प्रकाशित)
लेखकः आरजु पौडेल, व्यास १०, तनहुँ