सोतिपसलको राधाकृष्ण मन्दिरमा समाजसेवी नर्मदा देवी दाशी न्यौपानेद्वारा प्रदान गरिएको मुर्तिको प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न

  • ख-
  • ख+

२२ मंसिर । तनहूँ । लम्जुगंको मध्यनेपाल नगरपालिका वडा नं. २ सोतिपसलको राधाकुष्ण मन्दिरमा ललितपुर कुपण्डोल निवासी समाजसेवी एवं दानी व्यक्तित्व नर्मदा देवी दासी न्यौपानेले प्रदान गर्नुभएको राधाकृष्णको मुर्तिको शुक्रवार प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न गरिएको छ । भजन किर्तन सहित उक्त मुर्तिलाई उक्त क्षेत्रका महिला समुह, बुद्धिजिवी व्यक्तित्व, समाजसेवीले मन्दिरमा ल्याएर पुजा आजा सहित प्राण प्रतिष्ठा गर्नुभएको हो ।
न्यौपानेले यस मन्दिरको आवश्यकतालाई बुझेर मुर्ति प्रदान गरेर पुन्यको कार्य गर्नुभएको मुर्ति लिनको लागि काठमाण्डौ जानुभएका मध्यनेपाल वडा नं. २ का अध्यक्ष पदमबहादुर थापाले बताउनुभएको थियो ।
मुर्ति स्थापना सगै मन्दिरको शोभा अझै बढेको र स्थानिय निकाय र दाताहरुको सहयोगले राधाकृष्णको मन्दिरको भौतिक संरचनाका साथै धार्मिक कार्यक्रमहरुमा पनि सर्वसाधारणहरुको उत्साहजनक सहभागिता रहेको मन्दिरकी संरक्षक चन्द्रमाया खनालले बताउनुभएको थियो । साथै खनालले दाताहरुलाई धन्यवाद पनि ज्ञापन गर्नुभएको थियो ।
सोतिपसलको शिरमा रहेको उक्त मन्दिरमा विभिन्न पर्वहरुमा धार्मिक कार्यक्रमहरु हुने गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्