व्यासका अध्येता काशीनाथ न्यौपानेको कथावाचनमा दमौलीमा मंसिर २८ देखि पौष ६ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुदै

  • ख-
  • ख+

२६ मंसिर । तनहूँ । व्यासका अध्येता काशीनाथ न्यौपानेको कथावाचनमा दमौलीको मा मंसिर २८ देखि पौष ६ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुन गईरहेको छ । आज दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त कुराको जानकारी दिईयो । दमौलीको पन्च मन्दिर परिसरमा रहेको श्रीकृष्ण द्वैपायन जेष्ठ नागरिक सत्संग समितिद्वारा आयोजना हुन लागेको उक्त श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा व्यासका अध्येता एवं वरिष्ठ विद्धान काशीनाथ न्यौपानेले कथावाचन गर्ने पनि श्रीकृष्ण द्वैपायन जेष्ठ नागरिक सत्संग समितिका अध्यक्ष प्रकाशचन्द्र भट्टराईले जानकारी दिनुभएको थियो । महायज्ञको आयोजना अर्थ संकलन मात्र नभएकोले अयन्त्र देखिएका महायज्ञजस्तो तडकभडकपूर्ण नभएर कथा श्रवण नै महायज्ञको उद्धेश्य भएको उक्त अवसरमा अध्यक्ष भट्टराईले जानकारी दिनुभएको थियो ।
कार्यक्रममा व्यासका अध्येता काशीनाथ न्यौपाने सबै भक्तहरुको सप्ताह लगाउन नसक्ने र दिवंगत आत्माहरुको अमरता र शान्तिको लागि पनि सप्ताह गर्न लागिएको बताउनुभएको थियो । साथै सप्ताहमा कर्ता बस्नको लागि पैसा तिर्नुपर्ने संस्कारको अन्त्यको लागि पनि सप्ताहको आयोजना गर्न लागिएको बताउृनुभएको थियो ।
उक्त अवसरमा पुनरावेदन अदालतको पुर्व न्यायाधिश विष्णुदेव पौडेलले व्यासका अध्येता काशीनाथ न्यौपानेसग भएको ज्ञान श्रवण गर्नको लागि पनि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा उपस्थित हुन आवश्यक रहेको बताउनुभएको थियो ।
श्रीकृष्ण द्वैपायन जेष्ठ नागरिक सत्संग समिति सचिव कृष्णराज वाग्लेले संचालन गरेको कार्यक्रम महायज्ञ आयोजक समितिका संयोजक डाक्टर रघुनाथ न्यौपानेको सभापतित्वमा भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्