आमाबुबाको त्याग र परिश्रम बुझी दिने कस्ले ?

मनिषा मिश्र
  • ख-
  • ख+

आजको युग बिज्ञान र प्रबिधिको युग हो जति नै हामी आदर्शवादी हुन र बन्न खोजे पनि आमा र बुबाको माया त्याग र परिश्रमको मुल्यांकन गर्न सकिरहेको हुदैनौ । मानिसमा भएको चेतनाको कमी वा शिक्षाको कमीले होईन यहाँ त चेतनाको स्तर भएकाले नै आमाबुबाको त्याग र परिश्रम बुझ्न् सकिरहेको छैनन् ।

भनिन्छ, आफ्नो सन्तान जन्मिएपछि बल्ल आफ्नो आमाबुबाले कति त्याग र परिश्रम गर्नुभयो ? मलाई कति प्रेम गर्नुभयो भन्ने कुरा बुझ्न सकिन्छ, तर कुनै कुरालाई बुझ्नु र त्यसलाई व्यवहारमा उतार्नुबीच ठूलो भिन्नता रहेको हुन्छ।

प्रायः सन्तानहरुलाई आमाबुबाको हेरचाह गर्नुृभन्दा आफ्नै बालबच्चाको हेरचाह गर्नुपर्ने, काममा व्यस्त भएको, बसाइँ टाढा भएको वा आफ्ना अन्य दाजुभाइहरूले आमाबुबाको राम्ररी हेरचाह गरिहाल्छन् भन्ने निहुँमा आफू कर्तव्यबाट पञ्छिन खोजेको पाईन्छ तर आमाबुबाको लागि आफ्नो सन्तान नै सर्वस्व हुन्छ । आमाबुबाको प्रेम निःशर्त र निस्वार्थ हुन्छ । आमा बुबाले आफ्ना सन्तानहरूबाट केही लिन चाहनुहुन्न उल्टै आफ्ना सन्तानहरूलाई धेरै दिन चाहनुहुन्छ, अनि अझ बढी दिन नसकेकोमा उहाँहरू क्षमाप्रार्थी बन्नुहुन्छ । तर आमाबुबाको त्यस्तो प्रेमलाई पनि लत्याएर आमाबुबाकै विरुद्ध सन्तानले दुष्ट काम र अपराधहरू गरिएका खबरहरू प्रायः सुन्नमा आईरहेका छन् ।
मैले नै मेरो मेरी आमाले सुनाउनु भएको कुरा अहिले सुन्दा लाग्छ यस्तो नि समाज थियो ? अहिले पनि विकट गाउँ ठाँउहरुमा छोरा र छोरी बिचको भिन्नता बिद्यमान रहेको छ ।


म सामान्य परिवार म जन्मिएको घरको जेठि छोरी मेरो एक बहिनी र एक भाई छन् । २७।२८ बर्स पहिला म जन्मिदा छोरा पाउनु नै पर्नी छोरा नपाए बहु बिवाह गर्नी प्रचलन कयौं प्रसव पिडा सहेर आमाले जन्म त दिनु भयो उहाँले परिवारमा छोरी नै पाएको कारण पाउनु पर्ने पारिवारिक माया पाउन सक्नुभएन । म जन्मेको २ बर्षमा बहिनीको जन्म भयो । अब मेरी आमा को के दोष ? बहिनी पाएको खुशी त मेरी आमामा मात्रै सिमित भयो किन कि छोरा नै जन्म दिनुपर्नेमा मेरी आमाले छोरीलाई जन्म दिनुभएको थियो । अब नि छोरी भए उस्लाई जन्म दिनु हुन्न भन्नी सोचको बावजुत मेरि आमा ले कयौं दुख कष्ट र सुत्केरीमा धेरै पिडा पारिवारिक असहयोगका बिच हामीलाई हुर्काउनु भयो । संयोगवस तेस्रो सन्तानको रुपमा मेरो भाईको जन्म भयो अनि मेरी आमालाई बल्ल आमा बनेको महसुस भयो किन कि उहाँले छोरा पाउनुभयो । घरमा छोराको आगमनसगै पारिवारिक माया सद्भाव पाउनु भयो । छोरा पाएकोमा मेरो हजुर बुवा भन्नु हुन्थ्यो राजाको जन्म भयो अब बल्ल हाम्रो सन्तान पुर्ण भयो ।
धन्न छ यो समाज छोरी जन्मिदा त्यहि आमा अपहेलित र पीडित हुनु पर्ने अनि छोरा पाउँदा माया पाउने । नारी र पुरुष बराबर भनेर कानुन र नियम बनेपनी अझ कतिपय ठाँउमा कति आमाहरुले छोरी नै पाएको भनेर मृत्युको मुखमा समेत पुगेका छन्। छोरा र छोरी बराबर हुन् भनेर जति नै वकालत गरेपनि छोरी विवाह पश्चात अर्काको घरमा जानुपर्ने भएकोले ब्यवहारमा उतार्न सकिरहेको छैनौं । झन् आमाबुबाले गरेको त्याग र परिश्रम अहिलेको पुस्ताले त झन् बुझ्न सकेको छैन ।
यस्को मुख्य कारण आर्थिक स्थिति हो दिन प्रतिदिन वृद्धि भएको मूल्यबृद्धि देशमा आर्थिक भ्रष्टाचार कुशासन, बेरोजगारी लगायतका कुराले आमाबुबा सन्तानको माया र ममताबाट वन्चित हुदै गईरहेका छन् । हरेक सन्तान आमाबुवाको दायित्वबाट पन्छिन बाध्य भएका छन् ।

मनिषा मिश्र
ब्यास १  तनहुँ

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्