पाँचौ सुन्दरवजार कप खुल्ला फुटबल प्रतियोगिताको फाइनलमा खहरे र राइनास भिड्दै

सर्वज्योति
  • ख-
  • ख+

खहरे युवा क्लव र गौलिटार क्षेत्रिय खेल मेदान समिति राइनास (राइनास ११) पाँचौ सुन्दरवजार कप खुल्ला फुटबल प्रतियोगिताको फाइनलमा पुगेका छन् । सुन्दरवजारमा जारी प्रतियोगिता अन्तर्गत शुक्रवार भएको सेमिफाइनल खेलबाट खहरे र राइनासले फाइनलको यात्रा तय गरेका हुन ।

पहिलो सेमिफाइनल खेलमा आर्दश युुवा क्लव सुन्दरवजारलाई ७–० को फराकिलो गोल अन्तरले हराउदै खहरे फाइनलमा पुगेको हो । खहरेको जितमा आश्विन गुरुङले ३ गोलका साथ हाट्रिक गरे भने सन्तोष गुरुङले २ गोल, लिलजङ तामाङ र सुमन श्रेष्ठले समान १–१ गोल गरे ।

लाङदीदेवी युवा क्लव नाल्मा र गौलिटार राइनास विच भएको दोस्रो सेमिफाइनल खेलमा शुन्यका विरुद्ध १ गोल गदै राइनास फाइनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफ अघि नै २८ औ मिनेटमा जर्सि नं। १९ का खेलाडी राजिव लोपचन गोल गरेर राइनासलाई फाइनलमा पुर्याएका हुन् ।

पाँचौ सुन्दरवजार कप २०८० को उपाधिका लागि भोलि शनिवार राइनास र खहरे विच फाइनाल खेल हुनेछ । खेल दिउँसो २ वजे हुने आयोजक सुन्दरवजार क्लवका सदस्य दिवश दुराले जानकारी दिनुभयोे ।

सुन्दरबजार युवा क्लवले शहिद दिवसको अवसरमा आयोजना गरेको पाँचौ सुन्दरवजार कपमा २७ टिमको सहभागि थिए । प्रतियोगिता सञ्चालनका लागि स्वदेश तथा विदेशमा रहेको स्थानिय व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन् । प्रतियोगिता सञ्चालनकै क्रममा विभिन्न व्यक्तिहरुबाट सहयोग प्राप्त भैरहेको आयोजक सुन्दरवजार युवा क्लवले जनाएको छ ।

प्रतियोगिताको उपाधि विजेताले नगद २ लाखको साथमा कप मेडल र प्रमाण पत्र पाउनेछ । जुन जिल्लामा हुने सेभेन ए साईड फुटवल प्रतियोगिता मध्यकै सर्वाधिक पुरस्कार राशी भएको आयाजकको दावि छ । उपविजेताले नगद एकलाखको साथमा मेडल र प्रमाण पत्र पाउनेछन् भने उत्कृष्ट टिमका लागि नगद १० हजार, उत्कृट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार र प्रमाण पत्र पुरस्कार प्रदान गरिने सुन्दरवजार युवा क्लवका अध्यक्ष राजकुमार केसीले वताउनुभयो ।
मर्स्याङदी समाचार

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्