तनहुँका सरोज ओझा युएनआईपि नेपाल च्याप्टरको प्रेस समिति संयोजकमा मनोनित

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । तनहुँ व्यास ५ का सरोज ओझा युनाईटेड नेचर इन्टरनेशनल पिस (युएनआईपि) नेपाल च्याप्टरको हालै नवगठित संस्थापन कार्यसमितिमा प्रेस तथा प्रकाशन समिति संयोजक मनोनित हुनुभएको छ । संस्थाका राष्ट्रिय अध्यक्ष भिक्षु डा.  राजु लामा पि कन्दन एवम् राष्ट्रिय उपाध्यक्ष प्रल्हाद दाहालको सिफारिसमा उहाँलाई युनाईटेड नेचर इन्टरनेशनल पिस (युएनआईपि) मुख्यालयले उक्त जिम्मेवारी तोकेको हो । यसै माझ गत शनिवार उहाँले नेपाल च्याप्टर समुदघाटन कार्यक्रम माझ युएनआईपिका संस्थापक अध्यक्ष वाई डालियन नविनथिरा र महासचिव डि एन जेरिनाद्वारा हस्ताक्षरित प्रमाणपत्र ग्रहण गर्नुभएको छ ।

‘युनाइटेड नेचर इन्टरनेशनल पिस, संयुक्त राष्ट्र संघ र युएनडेसमा आबद्ध एक अन्तरराष्ट्रिय सामाजिक संस्था हो । एक दशक अघि श्रीलंकामा स्थापना भएको यस संस्थाको अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय क्यानाडामा रहेको छ भने यसका च्याप्टरहरु अमेरिका, क्यानाडा, भारत, बंगलादेश र केही अफ्रिकी देशहरुमा पनि स्थापना भैसकेको छ’ ओझाले संस्था बारे जानकारी दिदै भन्नुभयो ।

यस अन्तरराष्ट्रिय संस्थाको मुख्य उद्देश्य विश्वलाई एकताबद्ध गरी एउटै परिवारमा अगाडि बढाउने, अशान्ति हटाउने, विश्वमा शान्ति कायम गर्ने, सबैलाई सुखी र समृद्ध बनाउन सहयोग गर्ने, सबै बीच भाइचाराको सम्बन्ध स्थापना गर्ने तथा शान्ति स्थापना गर्ने रहेको पनि ओझाले जानकारी दिनु भयो ।

ओझाको संक्षिप्त परिचय

सरोज ओझाको जन्म तनहुँको साँगेमा भएको हो । उहाँको बाल्यकाल दमौली चापाघाटमा बितेको थियो । उच्च शिक्षाका लागि २ दशक अघि राजधानी पुग्नुभएका ओझा विगत १८ बर्षदेखी संचार क्षेत्रमा सकृय हुनुहुन्छ । ओझा नेपाल टेलिभिजन समाचार च्यानलमा प्रसारण हुने कार्यक्रम सचेतनाका प्रस्तोता एवम् निर्देशक साथै राज्यदैनिक डटकमका कार्यकारी अध्यक्ष हुनुहुन्छ । त्यसो त उहाँ राज्य मिडिया नेटवर्क र ग्लोरी मिडियाका अध्यक्ष समेत हुनुहुन्छ । त्यसैगरि उहाँ नेपाल पत्रकार महासंघको संस्थापक एशोसियट सदस्य एभरेष्ट प्रेस क्लबका महासचिव हुनुहुन्छ । पत्रकारितामा बहुआयामिक छवि निर्माण गर्नुभएका ओझाले टेलिभिजनतर्व बाल कार्यक्रम देखी रियालिटी शोसम्म गरि कुल ८ कार्यक्रम निर्माण तथा निर्देशन गर्नुभएको छ भने आर्थिक बिटको पत्रिका तथा अनलाईनमा समेत सम्पादक भएर कार्य गर्नु भएको छ । यस बाहेक उहाँले सय भन्दा बढि भिडियो डकुमेन्ट्रिमा लेखन तथा निर्देशन, आधा दर्जन जति पुस्तक तथा प्रकाशनहरुमा सम्पादक, केही संस्थाहरुमा संचार विज्ञ र सल्लाहकार भई कार्यभार सम्हाल्नुभएको छ । उहाँले फिल्म अवार्ड तथा अन्य प्रतियोगितात्मक शोहरुमा निर्णायकको भूमिका निभाउदै आउनुभएको छ । ओझा अध्यक्ष रहनुभएको राज्य मिडिया नेटवर्क एपिवान टेलिभिजनमा प्रसारणमा आउन लागेको रियालिटी शो र्याप ब्याटल नेपालको सह आयोजक हो भने फेसन डिजाईनरहरुको महाकुम्भ मानिने द नेशनल डिजाईनर रनवेको आयोजक कम्पनी हो ।

ओझाले यस माझमा भारतको मुम्बईमा दादा साहेब फाल्के अवार्ड, लखनउमा युपिएए अवार्ड र वर्ल्ड हुमेनिटेरियन अवार्ड, नयाँ दिल्लीमा महात्मा गान्धी गेस्ट अफ अनर र इजिप्टको एलेक्जेंड्रियामा एमएसएन एक्सिलेन्स अवार्ड, काठमाडौंमा टानबाट टुरिजम अवार्ड प्राप्त गर्नुभएको छ भने नेपाल टेलिभिजनबाट ३६ औ वार्षिकोत्सव समारोह माझ सम्मानित हुनुभएको छ । निर्वाचन आयोग, ललितपुर चेम्बर अफ कमर्स, निर्यात व्यवसायी महासंघ आदीले उहाँको कामको प्रशंसा गर्दै कदर गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्