भानु ९ रानिपानीमा संचालनमा आयो तोरि पेल्ने मिलःअब शुद्ध तोरिको तेल प्रयोग गर्न पाँउने स्थानियहरुको विश्वास

  • ख-
  • ख+

तनहूँ । कोरोनाको महामारीको कारण पनि हुनसक्छ हामी नेपालीहरु आजकल स्वस्थ प्रति अलि बढि नै सचेत भएका छौ र आजकल बजारमा मिसावटयुक्त खानेतेलको विगविगी भएपछि हामी फेरि नेपाली समाजले पहिला पहिला गाँउघरमा प्रयोग गर्ने गरेको शुद्ध तोरिको तेलको प्रयोग गर्न थालेका छौ । स्वस्थ नै धन हने भनेर आजकल मानिसहरु अर्गानिक उत्पादनहरु प्रयोग गर्न थाल्नुभएको छ । यसैकुरालाई मध्यनजर गर्दै भानु नगरपालिका वडा नं. ९ रानिपानीका आशकाजी श्रेष्ठ र श्रवण श्रेष्ठले २०७७ पुस २६ गतेबाट तोरी पेल्ने मिल श्रेष्ठ तोरि मिल संचालनमा ल्याउनुभएको छ ।

दैनिक पेल्ने क्षमता २ सय के.जी.देखि देखि ५ सय के.जी.सम्म तोरी पेल्ने मिलमा भानु नगरपालिका वडा नं. ७ का केही भाग, वडा नं. ८ को अधिकाशं भाग, भानु ९ र राईनास नगरपालिकाको केही भागका कृषकहरू आउनको लागि पायक पर्दछ । उक्त भेगका मानिसहरु तोरि पेल्नको लागि टाढा टाढा जानुपर्ने त्यसको कारणले गर्दा किसानले तोरि बेचेर बजारबाट तारिको तेल किन्ने गरेकोले नै गाँउठाँउमा सबैले शुद्ध तेरिको प्रयोग गर्न पाईयोस् भनेर नै आफुले मिल संचालन गरेको उक्त मिलका संचालक श्रवण श्रेष्ठको भनाई रहको छ ।

मानिसहरुमा शुद्ध तेल प्रयोग गर्नुपर्छ भन्ने भावनाको विकास भएसगै मिलमा तेल र पिना खरिद गर्न आउने मानिसहरुको चापको कारण स्थानिय स्तरमा उत्पादन हुने तोरिले मात्र उद्योग संचालनको लागि नपुग्ने भएकोले बाहिरी जिल्लाबाट तोरि खरिद गरि शुद्द तोरिको तेल विक्रि शुरू भएको पनि संचालक श्रेष्ठले बताउनुभएको छ।

घरपरिवारका सदस्यहरु र स्थानिय १ जनालाई रोजगारी प्रदान गरेको उक्त मिलले तोरि पेल्न टाढा जानुपर्ने समस्या हुने र आफ्नै गाँउ ठाँउमा शुद्ध तेल पाँउदा मानिसहरुलाई धेरै राहत पुगेको उक्त क्षेत्रका बासिन्दाहरुको भनाई रहेको छ साथै मिलले स्थानिय किसानहरुसग तोरि खरिद गरेर तेल उत्पादन गर्ने भनेको कारण पनि अब तोरिको खेतितर्फ मानिसहरु आर्कषित हुने र तोरि बेच्न बजारको अभाव नहुने स्थानियहरुले विश्वास ब्यक्त गर्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्