तनहुँ । माल्टामा रहेका माल्टाबाट राजेश मिश्रले मृगौला रोगीलाई कृष्ण न्यौपानेलाई १० हजार रुपैया सहयोग गरेका छन् । अध्ययनको लागि माल्टामा रहेका व्यास १० सेवर निवासी मिश्रले रोगीलाई पिडित न्यौपानेको उपचारको लागि उक्त रकम सहयोग गरेका हुन् । शरिरमा एउटामात्र मृगौला भएका न्यौपानेलाई सबैले सहयोग गर्नुपर्छ भन्ने मनसायले उनलाई सहयोग गरेको मिश्रले बताएका छन् ।
२ बर्षको उमेरमा आमा गुमाएका , ७ बर्ष अगाडि बुबा गुमाएका २७ बर्षिय न्यौपाने आर्थिक अभावले गर्दा सामान्य उपचारबाट बन्चित भएका छन् । साथै उन्को जिवन रषका लागि मृगौला प्रत्यारोपण गर्नुपर्नेछ ।








